पूर्ण सरसफाई सम्बन्धी दुइदिने तालिम सन्धिखर्कमा सुरु

बसन्त श्रेष्ठ ‘छापेली’
सन्धिखर्क, अर्घाखाँची पौष १४ गते । सुआहारा अर्घाखाँचीको आयोजनामा पूर्ण सरसफाइ सम्बन्धी २ दिने तालिम सन्धिखर्कमा बिहिवार देखि सुरु भएको छ । सुआहारा दोस्रो चरण अन्र्तगत सुरु भएको  तालिम शनिवार सकिने सुआहारा जिल्ला कोर्डिनेटर दिवश ढकालले जानकारी दिनुभयो । पूर्ण सरसफाईका सरोकारवाला संस्थाहरुलाई दिइएको उक्त तालिममा जिल्ला स्थीत बिभिन्न पूर्ण सरसफाइमा कार्यरत व्यक्तिहरुको सहभागिता रहेको थियो ।
तालिममा एन्फोका तालिम संयोजक आसकुमार खाइतुले पूर्ण सरसफाई सम्बन्धी जिल्ला तथा केन्द्रले लिएको लक्षको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सुआहारा जिल्ला संयोजक दिवश ढकालले दुइदिने तालिमको बारेमा जानकारी गराउँदै सुनौलो हजार दिनका शिशु स्याहार लगायतका बिषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा वास पत्रकार मञ्चका उपाध्यक्ष बसन्त श्रेष्ठ लगायतमले मन्तब्य राख्दै तालिम सफलताको शुभकामना मन्तब्य दिदै पूर्ण सरसफाईको क्षेत्रमा सुआहाराले खेलेको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । 
कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रका फोकल पर्सन कृष्ण पौडेलको सञ्चालन, सुआहारा जिल्ला संयोजक दिवश ढकालको अध्यक्षता र सरसफाई अधिकृत बिजया शर्माको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । जिल्लामा सुआहाराको दोस्रो चरण सञ्चालन भैरहेको छ ।

अन्य समाचारहरु