सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले नगरक्षेत्रको बिकास निर्माणलाई सम्पन्न गर्नका लागि अनुगमनलाई तिब्रता दिने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकाको किमडाँडा तथा अर्घामा अायोजित योजना छनोट तर्जुमा गोष्ठीको बिहिबार उदघाटन गर्दै जोशीले जनमुखि बजेट र सेबालाई प्रभाबकारी बनाउने उहाले बताउनु भयो । कार्यक्रममा अाफ्नो भनाइ राख्दै कार्यकारी अधिकृत जोशीले नगरपालिकाका गतिविधि तथा बिकासका कामहरुलाई बैशाख महिना भित्र पुरा गर्ने र अषाढ मसान्तमा हतारका साथ गर्ने काम पहिला नै गर्ने ब्यबस्था मिलाउनका लागि कर्मचारीहरुलाई निर्देशन दिएको बताउदै प्रभाबकारी सेबाका लागि नगरपालिका लागि परेको बताउनु भयो ।
जोशीले बिकास निर्माणका कामहरुलाई पारदर्शिताका साथ अगाडि बढाउने बताउदै अर्घाखाँची जिल्लामा मोटरबाटो तथा अन्य बिकास निर्माणका काम देख्दा अाफु हर्षित भएको उहाले उल्लेख गर्नु भयो । उहाले कर्मचारीहरुलाई जनताको सेबालाई तुरुस्त दुरुस्त पार्नका लागि अाफुले निर्देशन दिएको बताउदै बिकासका कामको अनुगमनलाई अाफुले महत्त्वपूर्ण ढंगले अगाडि बढाउने बताउदै सबै जिल्लाबासीको सहयोग भए अाफुले एतिहासिक काम गरेर देखाउने बताउनु भयो ।
उहाले अागामी नगरपरिषदबाट महिला दलित बालबालिकाहरुको क्षेत्रमा बजेट बिनियोजन गर्ने बताउदै शिक्षा स्वास्थ खानेपानी लगायतका क्षेत्रको बिकासका लागि अाफुले सहयोग गर्ने बताउनु भयो । उहाले सरकारी कामलाई प्रभाबकारी बनाउनु सबैको दायित्व भएको बताउदै अाफुलाई सकरात्मक काममा सहयोग गर्न अाग्रह गर्नु भयो। कार्यक्रममा नगरपालिकाका ईन्जिनियर नारायण पोख्रेल कर्मचारी सिता केसी कृष्ण भुसाल बिभिन्न वार्डमा रहेका राजनीतिक दलहरुको सहभागी ता रहेको थियोे ।
जोशीले नगरक्षेत्र भित्रको बिकास निर्माणले तिब्रता लिएको बताउदै अागामी परिषदबाट नयाँ योजना ल्याउने बताउनु भयो । उहाले नगरक्षेत्र भित्रका योजना तर्जुमा गोष्ठीबाट अाएका मागलाई सम्बोधन गर्ने र अगाडि बढाउने बताउदै कृर्षि पर्यटनलाई पहिलो प्राथमिकता दिने बताउनु भयो ।
सालिन र मिहिनेती अनुशासित तथा स्थानीय बिकास मन्त्रालयका काममा दखल राख्ने कार्यकारी अधिकृत रामजी जोशी निकै प्रखर तथा अनुभवी कार्यकारीको रुपमा परिचित हुनुहुन्छ । जोशी जिल्लामा अाएपछि नगरपालिकाको बिकासले फड्को मारेको यहाँका स्थानीयबासीहरुको बुझाई छ।
त्यस्तै सन्धिखर्क नगरपालिकाको नगरपरिषद पुस २३ गते भब्य रुपमा सन्धिखर्कमा हुने भएको छ । परिषदको पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले उदघाटन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।