केशब पन्थी
बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बल्कोट गाबिसका वार्ड नम्बर २,४,९ को लागि घर- घरमा खानेपानी योजना कार्य अन्तिम चरणमा पुगेको छ ।
पौष महिनाको अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको यो खानेपानी योजना एक करोड रहेको छ भने घर – घर धारा जोड्न ५० लाख योजना अनुसार २० प्रतिशत स्थानियको आर्थिक सहयोग संकलन र जनश्रम रहेको छ ।
यस खानेपानी योजनाका अद्क्ष्य मित्रलाल पाण्डेका अनुसार बल्कोटको वार्ड नम्बर ४ को खालखोलाबाट पाइपिङ गरी बल्कोट वार्ड नम्बर ९ को टाकुरामा निकाली ३ वटा ट्याकीबाट खानेपानी वितरण गरिएको छ ।
यो पुरा योजना सम्पन्न भएपछि बल्कोट गाबिस वार्ड: २, ४, ९ का झन्डै ५०० बढी घरपरिवारको लागि खानेपानी लाभान्वित हुनेछन् ।