बल्कोट गाबिसको ८ औ गाउँ परिषद् सम्पन्न, ४० लाख ४१ हजारको बजेट बिनियोजन

केशब पन्थी 
बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बल्कोट गाबिसको ८ औ गाउँ परिषद् सम्पन्न भएको छ । 
गाउँ परिषदमा ४० लाख ४१ हजारको बजेट बिनियोजन भयो। खानेपानीको लागि ५ लाख, मोटरबाटोको लागि ६ लाख, महिला समूह, कृषिको लागि १२ लाख, द्लित र जेष्ठ नागरिकको लागि ६ लाख, विद्युतको २ लाख, बालबालिका र युवा समुहको लागि ५ लाख बिनियोजित भएको छ । 
उक्त कार्यक्रम बल्कोट गाबिसका सचिब अतर आलमको अध्यक्ष तथा नेकपा एमालेका धुब पाण्डे, काग्रेसका बिष्णु भुसाल, माओवादी केन्द्र प्रकाश लगायतको सहभागिता थियो ।

अन्य समाचारहरु