भगबति माबि कुर शंखेटारीद्धारा १२ औं हरी स्मृति दिवसको अवसरमा उत्कृष्ट बिद्यार्थी सम्मानित

गोपाल प्रसाद भट्टराई
शंखेटारी, अर्घाखाँची । शैक्षिक शत्र २०७२-०७३ मा कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा अर्घाखाँची जिल्लाबाट उत्कृष्ट हुने दुई जना बिद्यार्थीलाई एक कार्यक्रमका बिच भगवति माध्यमिक विद्यालय कुर शंखेटारीले पुरस्कार सहित सम्मानित गरेको छ ।
१२ औं हरी स्मृति दिवसको सन्दर्भमा आज भगबति मा.बि. कुर शंकेटारीको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रमबाट गत बर्ष कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा उत्कृष्ट स्थान हाँसिल गर्ने र भगबति मा.बि. मा कक्षा ८ मा अध्यनरत उत्कृष्ट एक-एक जना छात्र र छात्रालाई पुरस्कृत गरिएको बिद्यालयले जानकारी दिएको छ ।
स्वर्गिय हरि प्रसाद खनालका बुवा दयाराम खनालको अध्यक्षता,बिद्यालयका प्रधानध्यापक श्याम बहादुर भुसालको स्वागत मन्तव्य र शिक्षक कृष्ण प्रसाद भुसालको संचालनमा सम्पन्न भएको हरि स्मृति कार्यक्रमलाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल,जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्री र महिला बिकास अधिकृत दिपा घिमिरेले शिक्षा जस्तो क्षेत्रमा असल,अनुशासीत र गहन  ब्यक्तिहरुको सम्झनामा गरीने गतिबिधिहरुले शैक्षिक जगतमा सकरात्मक सन्देश जाने भन्दै  बाल-बालिकाहरुको चौतर्फी विकासको निम्ती ध्यान दिन शिक्षक तथा अभिभावकहरुलाई आग्रह समेत गर्नुभएको थियो ।
 स्वर्गिय हरी प्रसाद खनालले भगवति मा.वि.कुर शंखेटारीमा कक्षा ८ मा पढ्दै गर्दा जिल्ला बाल कल्याण समितिको पोखरामा सम्पन्न कार्यक्रममा भाग लिएर सन्धिखर्क फर्कदै गर्दा २०६० साल पौष २१ गते आजकै दिन नरपानीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनुभएको थियो । 
स्वर्गिय हरि प्रसाद खनालको स्मृतिमा भगवती मा.वि.ले हरेक बर्ष बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।



फाइल तस्बिर:- 

अन्य समाचारहरु