सन्घिखर्कको टुडिखेलमा गत वर्ष २०७२ माघ १, शुक्रवार भएको दुई दिने बृहत कृषि मेला । फाइल तस्बिर
अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । माघ १ गते सन्धिखर्कमा वृहत कृषि मेला तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिन भएको छ ।
मेलामा कृषि जन्य वस्तुको प्रदर्शनी गरिने भएको छ । उद्योग वाणिज्य संघ, जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, किसानका लागि उन्नत विउ विजन कार्यक्रम, कृषि उद्यम केन्द्र र घरेलु तथा साना उद्योग विकास समितिको संयुक्त आयोजनामा मेला हुन लागेको हो ।
उद्योग वाणिज्य संघले सन्धिखर्कमा पत्रकार सम्मेलन गरि मेलाको बारेमा जानकारी गराएको छ ।
केयुविकेका जिल्ला सल्लाहकार बावुराम चुँदालीले मेलामा विभिन्न बाली, घरेलु उद्योगबाट उत्पादित बस्तु, पशुपंक्षीहरु प्रदर्शनमा राखिने जानकारी दिए । उनले उत्कृष्ट वस्तु तथा पशुपंक्षी उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिने बताए ।
उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण श्रेष्ठले मेलामा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने बताए ।