सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन अर्घाखाँचीको ५ औ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सन्धिखर्कमा सम्पन्न भएको छ ।
सम्पन्न अधिवेशनले गौरीसङकर वोडिङ्ग स्कुलका पिरिन्सीपल गणेश क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै इन्द्रवहादुर क्षेत्री उपाध्यक्ष, मोहन भुसाल सचिव, कोषाध्यक्ष धनिश्वर पाण्डे, नारायणप्रसाद खनाल सहसचिव, कमल वेल्वासे सहकोषाध्यक्ष, महिला सदस्य मिना ज्ञवाली र विष्नाथ पाण्डे सदस्यहरु वामदेव आचार्य, तेजनिधी अधिकारी, रामप्रसाद श्रेष्ठ, ईश्वरी खनाल, केशरबहादुर रायमाझीलाई सर्वसम्मत चयन गरिएको छ ।