सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल सरकारका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अर्घाखाँचीका जनतालाई सुरुङ खनेर छोटो बाटो बनाईदिने बताउनुभयो ।
उहाँलै स्थानिय निकायको चुनावको मिती तोक्नका लागी नेकपा एमाले सँग सहमती भई संसदमा टेवुल भएको बताउनुभयो । सवै राजनितिक दलहरुसँग सहमतीद्धारा मिती तोक्न सरकारले प्रयत्न गरिरहेको बताउनुभयो ।
नेपाल प्रेस सेन्टर अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले विवादका विचवाट एउटा सहमतीका विचमा सरकार अगाडी बढेको छ, टेवुल गर्नका लागी सहमतीमा संसद खुलेको बताउनुभयो, मन्त्री शर्माले पास फेल जे भएपनी सवैले स्वीकार्य गर्नेगरी, संसद खुलेको बताउनुभयो । संशोधन प्रस्ताव पास गराउन सरकार लागीपर्ने, प्रतिपक्षी दलका नेताहरु फेल गराउन तर्फ लाग्नु स्वभाविक भएको बताउनुभयो ।
देशभरि नै लोडसेडिङ गर्र्ने गरी उर्जामन्त्रालय लागी परेको छ, जसमा काठमाडौ सहितका सहरहरुमा लोडसेडिङ मुक्त भएको सवैले थाहा पाएको बताउनुभयो ।
अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भईरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको सारदा, उत्तरगंगा, अरुण तमोर, बुढिगन्डकी लगाएतका परियोजनालाई अगाडी बढाउने गरी काम भईरहेको बताउनुभयो ।
संविधानलाई कार्यान्वयन गरी अघि बढ्नका लागी मधेशमा हिजो आएको समस्या हिजोको आन्दोलन, नाकाबन्दीको मार खेप्नुपरेकोले एउटा ठुलो जनसङख्या भएको क्षेत्र मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागी सवै क्षेत्रलाई समेटेर लैजाने गरी संशोधन दर्ता भएको, पास र फेल संसदले जे गर्छ त्यही हुने, प्रक्रियामा जादाँ जे निर्णय हुन्छ यही कार्यान्वयन हुने बताउनुभयो ।
टोपवहादुर रायमाझी आन्दोलनमा उत्रिनु आफनो व्यक्तीगत कुरा भएको बताउदै पार्टीको आधिकारीक धारणा संविधान संशोधन पास गराउन लाग्ने नै हो । मन्त्री शर्माले नेपाललाई लोडसेडिङ मुक्त बनाउन जनताको साथ र सर्मथन पाएको मन्त्री शर्माले बताउनुभयो ।