चर्चित गायिका ज्याेति मगरले विहे गर्ने रहर मरिसकेकाे बताएकि छन् । बिहे के हाे भन्ने नजान्दै सानाेमा बरु विहे गर्ने मन लाग्ने गरेकाे भएपनि सवै कुरा थाहा पाएपछि विवाह गर्ने रहर नभएकाे ज्याेतिले उल्लेख गरेकि हुन् ।
यद्यपि विहे गर्ने समय नभएकाे र समय अाएपछि अवस्य विहे गर्ने ज्याेतिले प्रष्ट पारेकि छन् । रिपाेटर्स क्लव नेपाल अर्घाखाँची शाखाले हिजाे सन्धिखर्कमा अायाेजना गरेको साक्षात्कार कार्यक्रममा बाेल्दै गायिका मगरले अाफुलाई हेर्ने दृष्टिकाेण नै खराव भएका कारण अनावश्यक हल्ला फैलिएकाे बताईन ।
अरुले साप्राकाे फेदिसम्म देखाउदा ग्लामर हुने” प्रतिप्रश्न गर्दै मगरले भनिन मैले छाेटा कपडा लगाउदैमा छाडा कसरि हुन्छ ? यसअघि अर्घाखाँची महाेत्सवमा सहभागी बन्न हिजाे नै सन्धिखर्क अाएकि मगरले करिव अाधा दर्जन बढि गित गाउदै दर्शकहरुलाई छमछमि नचाएकि थिईन । छाेटाे स्कर्टमा स्टेजमा निस्किएकि मगरसंगै दर्शकहरु छमछमि नाचेका थीए ।