घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची । माघ भविष्यका कणदार विद्यार्थीहरु एकजुट भएमा देश परिवर्तन गर्न सकिने एक कार्यक्रमका वक्ताले वताएका छन । जहाँ विद्यालय त्यहाँ नेविसंघ अभियान अन्तगर्त नेविसंघ पाणिनी बहुमुखी क्याम्पस विविएस प्रथम वर्षमा भएको भेला पशिक्षण तथा अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सदस्य विष्णु क्षेत्रीले सवैभन्दा पहिले विद्यार्थीहरुको हक र हितका लागी स्थापना भएको नेविंसघलाई बलियो बनाउदै लैजानुपर्ने बताउनुभयो ।
विद्यार्थी संगठनले राजनिती होईन शैक्षिक सुधार र रचनात्मक काम मार्फत अगाडि वढनुपर्ने नेविसंघका जिल्ला उपाध्यक्ष नेत्रप्रसाद मरासिनीले वताउनुभएको थियो ।
मरासिनीले विद्यार्थीहरुको हक अधिकार प्राप्तिको निमित्त नेविसघं सधै लागी परेको र २०२७ सालमा स्थापना भएदेखि नेपालमा भएका आन्दोलनमा एक संवाहकका रुपमा महत्वपुर्ण भुमिका खेल्दै आएको र नेविसंघ समाजवाद, लोकतन्त्र र विद्यार्थी एकतालाई आफनो प्रमुख आदर्श वनाएको एक मात्र संगठन भएको हुदाँ भविष्यको सुन्दर सपना वनाएका विद्यार्थीहरुको अधिकार प्राप्ती र सुनिश्चिताको निमित्त सदैव लडिरहने मरासिनीको भनाई रहेको थियो ।
यस्तै कार्यक्रममा पाणिनी बहुमुखी ईकाई कमिटीका अध्यक्ष रुद्रमणी भुसालले शैक्षिक विकास र भौतिक विकासमा सधै एक सहयात्रीको रुपमा महत्वपुर्ण भुमिका निवार्ह गर्ने र नव गठित समितीले विद्यार्थी सगँ सम्विन्धत सन्देशमुलक कार्यक्रममा सहयोग गर्न समेत तयार रहेको वताउनुभएको थियो ।
भेलाले राजन महत्रा क्षेत्रीको अध्यक्षतामा ४३ सदस्यिय कार्यसमितीको गठन गरेको छ । जसको उपाध्यक्षद्धयमा सृजना खनाल, सिता भुसाल, सचिवद्धय श्रृजना श्रेष्ठ र सुधा रायमाझी, सहसचिवमा सरोज भट्टराई र कोषाध्यक्षमा गणेश मुखिया सर्वसम्मत चयन भएका हुन ।
कार्यक्रम पाणिनी बहुमुखी क्याम्पसका अध्यक्ष रुद्रमणी भुसालको अध्यक्षता, जिल्ला सदस्य घनश्याम पौडेलको सञ्चालन र नेविसंघ नेता राजन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।