सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) अर्घाखाँचीको सन्धिखर्कमा प्रथम एसिए क्रिकेट टुर्नामेन्ट क्रिकेट प्रतियोगिताको सुरु भएको छ ।
प्रतियोगिताको उदघाटन गर्दै जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सिद्धिप्रसाद भुसालले यस खेलकुदले जिल्लालाई क्रिकेट क्षेत्रमा अगाडी लैजान सहयोग पुग्ने बताए ।
यस्तै प्रतियोगितामा लागी १३ टिमको सहभागीता रहेको छ । जसमा आज उदघाटन सत्रमा आयोजक अर्घाखाँची एकेडेमी क्लव र सहारा शान्ती क्लव बिच खेल सुरु भएको हो । भोलीदेखी हुने खेलमा सौजन्य समाज किमडाँडा र नुवाकोट युवा क्लब, दुविचौर युवा क्लब र अडगुरी युवा क्लब, ठुलापोखरा युवा क्लब र फ्रेन्डस युथ क्लब, संयुक्त प्रगतिशिल युवा क्लब र सिद्धार्थ साथी सञ्जाल, सितापुर युवा क्लब र संघर्षशिल युवा क्लब बिच प्रतिष्पर्धा हुने भएको छ ।
साथै प्रतियोगितामा प्रथम, द्रोस्रो, तेस्रोलाई क्रमश २० हजार, १५ हजार र १० हजारको पुरस्कार रहेको छ । प्रतियोगिता उदघाटन सत्र क्लबका अध्यक्ष ऋषिकेश भट्टराईको अध्यक्षता र कमल विष्टको सञ्चालनमा सम्पन्न भएको हो ।