शैक्षिक क्यालेन्डरअनुसार स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना खुलाउन माग गदै नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आज संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाएको छ ।
त्रिवि शैक्षिक क्यालेन्डरअनुसार माघमा खोल्नुपर्ने स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना हालसम्म नखोलेकाले भर्ना खोल्न माग गर्दै सो ज्ञापनपत्र बुझाइएको अनेरास्ववियुका सचिवालय सदस्य माधव पन्तले जानकारी दिए।
त्रिविले स्ववियु निर्वाचनका लागि यहि माघ १५ गतेदेखि त्रिविअन्तर्गतका सबै क्याम्पसको स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्नामा रोक लगाएको छ ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाँले विद्यार्थी सङ्गठनका केन्द्रीय नेताहरुसँग छलफल गरेर यस सम्बन्धी आवश्यक निर्णय लिने बताए। रासस