अर्घाखाँची सामुदायिक विकास क्लव तथा त्रिकेट एकेडेमीले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उपाधि सहारा शान्ति विकास क्लवले हात पारेको छ । अनटेष्ट युथ क्लव गल्लीपट्टी गुल्मीलाई २५ रन अन्तरले हराउँदै सहाराले जित हासिल गरेको हो । टस जितेर व्याटिङ्ग रोजेको सहाराले ८ विकेटको क्षतिमा २० ओभरमा १३९ रन बनाएको थियो । सहाराका कप्तान त्रिभुज कार्कीले ३६ र विक्रम भुसालले ३ छक्का सहित १९ रनको योगदान गरे । १४० रनको लक्ष्य पछ्याएको अनटेष्ट युथ क्लव गुल्मीले २० ओभरमा ८ विकेटको क्षतीमा ११५ रन मात्र जोड्न सफल भयो ।
गुल्मीका टिम कप्तान धुब्र पन्थीले ३० रन जोड्न सफल भए । फाइनल खेलमा सहाराका विक्रम भुसाल म्यान अफदि म्याच घोषित भए भने सहाराकै जीवन भट्टराइ म्यान अफदि सिरिज बने । प्रतियोगितामा हयाट्रिक गरि विकेट लिन सफल ठूलापोखराका खेलाडी सुरज अधिकारीले नगद पाँच हजार सहित पुरस्कृत भए । प्रतियोगितामा सौजन्य समाज किमडाँडा तेस्रो र ठूलापोखरा युवा क्लव सान्त्वना भएका छन् । सेमिफाइनलमा ठूलापोखरा युवा क्लवलाई अनटेष्ट युथ क्लव गुल्मीले र सौजन्य समाज किमडाँडालाई सहाराले हराउँदै फाइनल प्रवेश गरेका थिए ।
खेलमा विजयी हुने टिमहरुलाई एक कार्यक्रमका बीच पुरस्कृत गरियो । प्रथम हुनेलाई नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रोलाई १५ हजार, मेडल र प्रमाण पत्र, तस्रोलाई १० हजार, मेडल र प्रमाण पत्र , चौथोलाई ५ हजार, मेडल र प्रमाण पत्र वितरण गरियो । अर्घाखाँची सामुदायिक विकास क्लवका अध्यक्ष ऋषिकेष भट्टराईले खेल प्रतियोगिताले मानोरञ्जन सँगै खेलाडीको क्षमता विकास समेत हुने बताए ।
यस्तै प्रतियोगिताबाट प्रशिक्षित गरि जिल्लाका खेलाडीलाई राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तर सम्म पु