सन्धिखर्क । गौतम आधारभुत बिद्यालय सन्धिखर्क-११ घोंचाकोटमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
ग्रिनहिल कृषि सहकारी संस्था सन्धिखर्क-११ घोंचाकोटका सदस्य स्वर्गिय तेज बहादुर थापाको स्मृतिमा बिभिन्न संघ-संस्थाहरुको सांझेदारीमा २ जना विशेषज्ञ र २ जना मेडिकल अधिकृत डाक्टरहरुको सुविधा सहित संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा झण्डै दुई सय जना बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका छन् ।
सन्धिखर्क -२ चुत्रावेसीमा संचालित बिपिन फार्मेसी,अर्घाखाँची टेक्निकल ट्रेनिङ्ग स्कुल र ग्रिनहिल कृषि सहकारी संस्था सन्धिखर्क-११ को संयुक्त आयोजनामा संचालन गरिएको स्वास्थ्य शिविरमा आवस्यक पर्ने बिरामीहरुको लागि भिडियो एक्सरे र इ.सि.जि.सेवा पनि निशुल्क गरिएको थियो ।
शिविरमा अर्घाखाँची टेक्निकल ट्रेनिङ्ग स्कुलका प्रिन्सिपल दोर्ण प्रसाद भुसाल, बिपिन फार्मेसीका ब्यवस्थापक सुर्य थापा,ग्रिनहिल कृषि सहकारी संस्थाका प्रमुखहरु र गौतम आधारभुत बिद्यालयका प्र.अ. लगायतले सहजिकरण गर्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।