हिम बहादुर घर्ती क्षत्री (जिसी) लेकाली ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल पत्रकार महासंघ अर्घाखाँचीकाे छैठाैं जिल्ला अधिबेशन दलिय बाडफाँडबाट नयाँ कार्यसमितिको अध्यक्ष पदमा हिम बहादुर घर्ती क्षत्री (जिसी) लाई निर्वाचित गर्दै सम्पन्न भएको छ ।
विहिबार मध्यरात सम्म चलेको बन्द सत्रले जिल्लाका सबै राजनीतिक दलहरुको सहमतीमा प्रेस चौतारीको तर्फबाट हिम बहादुर जि.सी. लेकालीलाई अध्यक्ष पदमा चयन गरेको हो । यस्तै १५ सदस्यिय पत्रकार महासंघ अर्घाखाँचीको उपाध्यक्षमा गणेश खनाल, उपाध्यक्ष( महिला) भगवता पाण्डे, सचिवमा सुर्य प्रसाद भुसाल, सह- सचिवमा बिष्णु ढुंगाना, सहसचिव ( समावेशी)मा अनिल नेपाली र कोषादष्यमा बिनोद गैरे निर्वाचित भएका छन् ।
साथै समितीको सद्स्यहरुमा शान्ता खाशु मगर, बाबुराम रसाइली, बसन्त श्रेष्ठ, अशोक पौडेल, अर्जुन भुसाल, गोपाल भट्टराई, नविन पन्थी र सुदन खड्का रहेका छन् ।
यस्तै जिल्ला अधिबेशनले केन्द्रिय सभासदमा १३ जना र प्रदेश सभासदमा १८ जनालाई निर्वाचित गरेको छ ।
फागुन ३ र ४ गते चलेको छैठाैं जिल्ला अधिबेशनको बन्द शत्र सहमती हुन नसक्दा कयौ पटक स्थगित भएको थियो । बुधवार बिहान बाम गठबन्धन बनेपछि नेपाल पत्रकार महासंघ अर्घाखाँचीकाे छैठाैं जिल्ला अधिबेशनको बन्द शत्रबाट नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन बाहिरिएको थियो । पछि दलिय सहमती अनुसार अध्यक्षमा एमाले,उपाध्यक्ष माओवादी केन्द्र,सचिब नेपाली कांग्रेस, सह-सचिव नयाँ शक्ति, कोषाध्यक्ष राष्ट्रिय जनमोर्चा, महिला उपाध्यक्ष राजमो, समावेसी सह-सचिव बिप्लव माओवादीबाट नयाँ कार्यसमिति बनाउने निर्णय भएको थियो ।
यस्तै अर्घाखाँचीडट्कम कुरा गर्दै स्वतन्त्र पत्रकार संघका अध्यक्ष हरि भुसालले भने दलिय बाडफाँड भएकाे भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
यसअघि महासंघ अर्घाखाँचीको नयाँ नेतृत्वको लागि प्रेस युनियनको तर्फबाट सुर्य भुसाल, प्रगतिशील पत्रकार संघको तर्फबाट टेक बहादुर थापा, प्रेस चौतारीको तर्फबाट हिम बहादुर जि.सी.लेकाली र प्रेस सेन्टरको तर्फबाट अशोक खनाल गरि चार जनाले उम्मेदवारी दिएका थिए ।
६ वर्ष अर्थात दुई कार्यकाल नेतृत्व गरेर शोभाखर पन्थी नेपाल पत्रकार महासंघ अर्घाखाँचीबाट बाहिरिएका छन् ।