जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची । फाइल तस्बिर
हरि प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । ६७ औं प्रजातन्त्र दिवस मुल समारोह समिति अर्घाखाँचीले जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीमा रहेका विरामीहरुलाई आज हर्लिक्स वितरण गरेको छ ।
६७ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा समितिले अर्घाखाँची जिल्लाको क्षेत्र नं. २ का सांसद दुमन थापाको प्रमुख आतिथ्यतामा जिल्ला अस्पतालका विरामीहरुलाई हर्लिक्स वितरण गरेको हो ।
त्यस्तै दिवसकै अवसरमा भोली विहान सन्धिखर्कमा प्रभातफेरी सहित प्रवचन कार्यक्रम आयोजना गर्ने र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
यता प्रथम निर्वाचन दिवसको अवसरमा पनि अर्घाखाँचीमा विभिन्न कार्यक्रमहरु भैरहेका छन् । भोली हुने प्रवचन तथा प्रभातफेरीमा जिल्ला निर्वाचन कार्यालयको पनि सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।