सन्धिखर्क, अर्घाखाँची (नयाँ एफ एम ८७.६ मेगहर्ज) । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला अधिवेशन दलीय बाँडफाँडमा गठन गरेको भन्दै स्वतन्त्र पत्रकार संघले समिति खारेजीको माग गर्दै शसक्त आन्दोलनको चेतावनी दिएको छ ।
स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको आज सन्धिखर्कमा बैठक बसी एक विज्ञप्ती जारी गर्दै विधानसम्मत तुरुन्त बन्दशत्र र चुनावी प्रक्रिया पुन शुरु गर्न समेत माग गरेको छ । आफुहरु चुनावी मैदानमा रहेको भएपनि जवरजस्त चुनावी प्रक्रिया समेत बन्द गरी दलीय बाँडफाँडमा नयाँ कार्य समिति गठनको नाटक गरिएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।
”नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला अधिबेशनको खुल्ला शत्र यही फागुन ३ गते र आंशिक बन्दशत्र (प्रतिवेदन पेश) ४ गते सन्धिखर्क स्थित जिविस सभाहलमा गरिएको र प्रतिवेदनहरु पास भइसकेपछि १ घण्टाको लागि शुन्य समय भन्दै ४ गते साँझ करीव ६ वजेतिर स्थगित भएको बन्दशत्र अहिलेसम्म शुरु हुन नसकेको अवस्थामा तुरुन्त बन्दशत्र शुरु गर्न हामी जोडदार माग गर्दछौं ।” अध्यक्ष हरिप्रसाद भुसाल र सचिचव शिव बेल्वोद्वारा हस्ताक्षरित विज्ञप्तीमा ”बन्दशत्र नै नगरी, आवश्यक चुनावी प्रक्रिया समेत अवलम्वन नगरी प्रजातान्त्रिक प्रक्रियाको घाँटी निमोठेर विधि विधान विपरीत बाहिरै कार्य समिति बनेको सुन्दा हामी आश्चर्यचकित भएका छौं । यसरी बाहिर विधि विधान बिपरित बनाएको भनिएको कार्य समिति हामीलाई कुनैपनि हालतमा मान्य नहुने भएकाले विधानसम्मत तुरुन्त बन्दशत्र र चुनावी प्रक्रिया शुरु गर्न जोडदार माग गर्दछौं ।”
यता नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला अधिवेशन दलीय बाँडफाँडमा गठन गरेको भन्दै सूचना तथा सुशासन अभियान, सिआईजीले पनि आपत्ती जनाएको छ ।
सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले प्रमुख जिल्ला अधिकारी कूष्ण वहादुर कटवाललाई दिएको निवेदनमा कुनै पनि संस्थाको बिधानलाई पालना गरेर सदस्यता लिन र उम्मेदवार हुने अधिकारलाई कुठाराघात गरेको भन्दै दलीय बाँडफाँड गरी मध्यरातमा सार्वजनिक गरिएको समिति नामावली खारेज सहित प्रजातान्त्रिक प्रक्रियाबाट कार्यसमिति बनाउन र कानुन मिचेर अगाडी बढनेलाई कारवाही गर्न अनुरोध गरिएको छ ।
स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको विज्ञप्ती
पत्रकार महासंघ अर्घाखाँचीको नयाँ समिति खारेज गर्न माग गर्दै सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले प्रमुख जिल्ला अधिकारी कूष्ण वहादुर कटवाललाई दिएको निवेदन