निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीको अध्यक्षमा शेषकान्त घिमिरे निर्वाचित

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीको सातौ अधिवशेनले जिल्ला विकास समिती अर्घाखाँचीका राजस्व शाखा अधिकृत शेषकान्त घिमिरेलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न भएको छ ।  
साथै सम्पन्न अधिवशेनबाट खुल्ला उपाध्यक्षमा अमृतहरी उपाध्याय जिल्ला भुसंरक्षण कार्यालय, उपाध्यक्ष महिला राधा पाण्डे पशु सेवा कार्यालय, उपाध्यक्ष समावेशी लक्ष्मण खनाल   वन कार्यालय, सचिव विकल्प भट्टराई कोलेनिका, सहसचिव राजकुमार बन्जाडे स्वास्थ्य कार्यालय, कोषाध्यक्ष तारा केसी खानेपानी तथा सरसफाई कार्यालय निर्वाचित भएका छन् । 
यस्तै सदस्यहरु कृष्णप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय, मणिराम पौडेल कृषी विकास कार्यालय,  बाबुराम भट्टराई विशेष नापी कार्यालय, थानवहादुर महत्रा सन्धिखर्क नगरपालीका, धर्मराज भट्टराई कोलेनिका, शान्ता आचार्य महिला तथा बालवालिका कार्यालय  शिवा पोख्रेल अर्घाखाँची जिल्ला अदालत र  दिपक पाण्डेय वन कार्यालय रहेका छन् ।
यस्तै केन्द्रीय सभा सदस्यमा प्रदीप लम्छाल कृषि विकास कार्यालय, विष्णुप्रसाद भट्टराई मालपोत कार्यालय,  माया घिमिरे स्वास्थ्य कार्यालय र रुकेन्द्र पालुङ्गे गाविस सचिव हकहित संरक्षणका अध्यक्ष रहेका छन् । 

अन्य समाचारहरु