सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ तारामार्ग स्थित तारा प्रसाद पोखरेलको स्मृतिमा स्वागतद्वार तथा सालिकको अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले उद्घाटन गरेका छन् ।
अडगुरी गाबिस वार्ड नं. १ रानिटोलाका ८७ वर्षिय केदारनाथ पोखरेलले आफ्ना स्वर्गीय छोरा तारा प्रसाद पोखरेलको स्मृतिमा सन्धिखर्क वार्ड नं . १ सन्तोषीनगर तारामार्गमा रु ५ लाख ५० हजार खर्च गरेर “तारामार्ग प्रबेशद्वार ” को निर्माण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय सन्धिखर्क अर्घाखाँचीमा २०२८ सालदेखि टाईपिस्ट मुखियाको रुपमा सेवा प्रबेशगरी टाईपिस्ट नायब सुब्बा पदमा कार्यरत रहेकै अबस्थामा सरकारी कामकाजको शिलसिलामा बुटवल काजमा जाँदा ठाडा गा, बि ,स ,वडा नं.५ दरबारे डाँडामा ( पथ्यरकोट माथिरको डाँडा) मा बस रोकिई पिसाब फेरि सोही बसमा चढि आफ्नो सिटमा अरु बृद्धअबश्थाको ब्यक्ती बसेको देखि आफु उभिएर यात्रा गर्ने क्रममा बसबाट खसी गम्भीर घाईते अबस्थामा लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारको क्रममा ४९ बर्षको उमेरमा निधन भएको थियो ।
उनी जिल्ला प्रशासनमा रहदाँ बस्दा कर्मचारीमा हुने सर्बगुण सप्पन्न हुनुका साथै हटारी क्षेत्रमा ब्यबस्थित बस्ती बसाल्ने ,बाटाघाटा ,बिधालय, मठमन्दिर निर्माण गर्ने कार्यमा अतुलनिय योगदान पुर्याउदै आएकोले उनको मृत्यु पश्यात सो क्षेत्र स्वतस्फूर्त तारामार्गको रुपमा नामाकरण भएको थियो ।
तस्बिर: सहयोगी बिसी