घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको एनआईसी एसिया बैंकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत नेत्रज्योती आखाँ उपचार संघ अर्घाखाँचीलाई नगद आर्थिक रकम सहयोग गरेको छ ।
बैंकका शाखा प्रबन्धक कृष्ण पौडेलले साठी हजारको चेक नेत्र ज्योती आखाँ उपचार संघका अध्यक्ष दलवहादुर केसीलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्नुुभएको हो ।
मोतिया विन्दु भएका विरामीहरुको निशुल्क शल्यक्रीयाका लागी रकम सहयोग गरिएको थियो । १०१ जना मोतीया विन्दु भएका विरामीको निशुल्क उपचार गरिएको उपचार संघले जानकारी दिएको छ ।
चेक हस्तान्तरणमा नेपाल पत्रकार महासंघका जिल्ला सचिव तथा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्यप्रसाद भुसालले आखाँ अस्पतालको सहयोगका लागी पत्रकारहरु तयार रहेको बताउनुभयो ।
कार्यक्रम नेत्र ज्योती आखाँ उपचार संघ अर्घाखाँचीका सभापती दलवहादुर केसीको अध्यक्षता, कार्यालय प्रमुख डा. सागर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।