बल्कोटमा आयोडिन नुन युक्त स्वास्थ्य शिक्षा जनचेतना मुलक कार्यक्रम सम्पन्न

घनश्याम पौडेल
 बल्कोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको बल्कोट गाविसमा आयोडिन नुन युक्त स्वास्थ्य शिक्षा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । 
प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटमा आयोडिन मन्थ मनाईएको छ । सुआहारा द्रोसो कार्यक्रम अन्र्तगत लुम्बिनी सामाजिक विकास केन्द्रका फिल्ड सुपरभाईजर सञ्जय पाण्डेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
बल्कोटका प्रमुख प्रकाश भट्टराई, सङकर पाण्डे, दुर्गावहादुर श्रेष्ठ, हरिप्रसाद पोखरेल, यादव खनाल, मल्लीका वस्याल, रिता पन्थी, बसन्ता थापाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । महिला स्वास्थ्य स्वयमसेविकाहरु सहित ३५ जनाको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु