बिष्णु प्रसाद भुसाल
जलुके, अर्घाखाँची । नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले जलुके गा.बि.स वडा न.५ र ६ मा यागेश्वर गिरीको संयोकत्वमा ५१ सदस्यीय वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य तथा जिल्ला उत्प्रेरक खिमबहादुर बि.क को प्रमुख आतिथ्यता र अतिथिहरुमा केन्द्रीय परिषद सदस्य टोपबहादुर बलाल, जिल्ला कार्यकारी सदस्य दलजित सुनारको संचालनमा र जिल्ला सदस्य लक्षमण सुनारको आतिथ्यता तथा मन्तव्यमा कार्यक्रम सम्पन्न भएको छ ।
भेलाले यागेश्वर गिरी संयोजक, लक्ष्मी बहादुर कुमाल सह-संयोकत र सदस्यहरुमा आसा सुनार, हस्तबहादुर सुनार लगायत ५१ सदस्यीय वाड कमिटी गठन गरेको छ।
उक्त भेलामा विभिन्न पार्टी बाट १७८ जाना नयाँ शक्तिमा प्रवेश गर्नु भएको छ।भेलामा आम जनताको उत्साहजनक उल्येखनिय सहभागिता रहेको र नयाँ शक्ति प्रती जनताको आकर्षण बढ्दै गएको र देश लाई समृद्धि बाटोमा लैजान अब नयाँ शक्तिको आवश्यक्ता रहेको बताएका छन।