सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा आज भएको स्ववियुको निर्वाचनमा मतगणना आचारसंहिता बिपरित भएको भन्दै अनेरास्ववियु र अखिल (छैठौं) को बिरोधका कारण भोली सम्मका लागि मतगणना कार्य स्थगित भएको छ । कुनै एक उमेद्वारलाई मत दिएर साेही पदकाे अर्काे उमेद्वारलाई मतदान दिदा अघिल्लाे काटेपछि सदर हुने भनेपछि बिबाद भएकाे हाे ।
विधार्थीहरुले निर्वाचन आचारसंहिता कार्यन्वन गर, लोकतान्त्रिक विधि कायम गर, तानाशाही प्रवृत्ति अन्त्य गर,भन्दै क्याम्पस बाहिर नारावाजी छन् । अाचार संहिता बिबादले विधार्थीहरुको प्रर्दशनका कारण साँझ क्याम्पसको स्थिति तनाबग्रस्थ बनेको थियो ।
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा आज सम्पन्न निर्वाचनमा ६३२ मध्ये ४६९ भोट खसेका थिए । १६३ जना अनुपस्थित रहेका थिए ।
अनेरास्वबियु र अनेरास्वबियु ( छैठौ) को संयुक्त प्यानल अनुसार सभापतिमा बसन्त श्रेष्ठ (छापेली) ,सचिबमा सन्देश खनाल ,कोषाध्यक्षमा भुबन खनाल सदस्यहरुमा प्रकाश राउत ,ठाकुर भुसाल र पुस्पा गैरे रहेका छन् ।
यस्तै स्ववियु चुनावमा नेविसंघ, क्रान्तिकारी प्रचण्ड, विप्लव र नयाँशक्ती विद्यार्थीको संयुक्त प्यानल अनुसार क्रान्तिकारी लक्ष्मण खड्काको नेतृत्वमा सभापती, नेविसंघका बर्जना खनाल सचिव, नेविसंघका घनश्याम पौडेल कोषाध्यक्ष, सदस्यहरुमा नेविसंघकै शुशिल बेल्वासे, अनिशा शाही ठकुरी र शर्मीला पन्थी रहेका छन् ।