केसीको हाल काठमाडौंको ट्रमा सेन्टरको पाचौं तलामा उपचार भइरहेको छ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची मिडिया हाउस प्रा.लिको अन्लाईन संस्करण अर्घाखाँची डट्कमका सम्पादक वीरेन्द्र केसी रिपोटिङ गरेर फर्कने क्रममा सन्धिखर्कमा लडेर टाउकोमा गम्भीर चोट लागि घाइते भई जिल्ला अस्पताल अर्घाखाँचीमा प्राथमिक उपचार पछि हाल काठमाडौंमा उपचार भईरहेको छ ।
अचेत अवस्थामा रहेका केसीको स्वास्थ्य अवस्थामा केही सुधार आएको अस्पतालले बताएको छ ।
अर्घाखाँचीमा पाणिनी बहुमुखी क्याम्पस स्वबियु निर्बाचनका बिषयमा समाचार संकलन गरि आफ्नो डेरामा फर्कने क्रममा क्याम्पस नजिक सडकमा फाल्गुण १३ गते राती १० बजे लडेर गम्भीर घाइते भएका केसीको हाल वीर अस्पताल काठमाडौंको ट्रमा सेन्टरको पाचौं तलामा उपचार भइरहेको छ।
अर्घाखाँचीको बागी वडा नं,७ कुझेरी स्थायी घर भएका केसी कान्तिपुरका पोखरास्थित सम्बादाता, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका केन्द्रिय पार्षद पनि हुन् ।
लामो समय देखि अर्घाखाँची डट्कमको सम्पादकको रुपमा भूमिका खेदै आएका केसीको डटका संस्ठापक प्रमुख मेहर सिंह के.सीले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रमुख मेहर सिंह के.सीले आफु र अर्घाखाँची डट्कम परिवारको तर्फबाट हाम्रा अत्यन्तै हृदयी मिलनसार कुशल मित्र वीरेन्द्र के.सी को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ भनी उल्लेख गरेका छन् ।