राष्ट्रिय जनमोर्चा गोखुङ्गा गा.बि.स को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

गोखुङ्गा, अर्घाखाँची ।
श्याम घिमिरे
गोखुङ्गा, अर्घाखाँची । अर्घाखाँची रुसमा अक्टुवर क्रान्ति सफल भएर समाजवादी व्यवस्था स्थापना भएको ९९ वर्ष पुरा भई १०० बर्षमा प्रबेश गरेको अवसरमा समाजवादी क्रान्तिको महत्व झनै बढेको वर्तमान परिवेशमा संसारभरका क्रान्तिकारीहरुले अक्टुवर क्रान्तिको शतवार्षिकि विश्वभर विभिन्न कार्यक्रम गरेर मनाई रहेका छन् ।
यसै अभियानलाई मध्यनजर गरी राष्ट्रिय जनमोर्चा गोखुङ्गा गाबिसले आज गाबिस स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
 प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै राष्ट्रिय जनमोर्चाका नेता एवं दुई नम्बर टोलीका संयोजक सागर केसीले यो महान कार्यमा सक्रियतापूर्बक लाग्न सबै नेता तथा कार्यक्रर्ताहरुलाई आग्रह गर्दे पार्टी संगठनलाई मजबुत बनाएर अगाडी बढ्नु पर्ने कुरामा  जोड  दिनु भएको थियो । 
यस्तै कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय महासचिब कृष्ण केसी, ,अखिल नेपाल शिक्षक संघका जिल्ला सल्लाहकार कमल प्रसाद घिमिरे,किसान संघका जिल्ला अध्यक्ष जिबनारायण खनाल,रामकृष्ण घिमिरे, खकी थापा लगाएतले मन्तब्य राख्दै यो महान कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको थियो ।
यसै अभियान अन्र्तगत गोखुङ्गा गाबिसमा पनि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्नको लागी टोपलाल घिमिरेको संयोजकत्वमा १०१ सदस्यीय सदस्यता अभियान परीचालन समिति र २५ सदस्यीय सचिबालय समितिको निर्माण गरी अभियानका रुपमा  कार्यक्रम सन्चालन गरीने राष्ट्रिय जनमोर्चा गोखुङ्गाले जानकारी दिएको छ ।  
कार्यक्रम राष्ट्रिय जनमोर्चा गोखुङ्गाका  अध्यक्ष टोपलाल घिमिरेको अध्यक्षता र मुमाराम खनालकोे सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

अन्य समाचारहरु