प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको फुदवाङ मुनी रिठेखोलामा एक बाघ मृत अवस्थामा फेला परेको छ ।
उमेरले बुढो देखिने पाठो बाघ एक्कासी माथिबाट पल्टिएर पानी खाने अवस्थामा मरेको स्थानियबासीले प्रहरीलाई फोन गरी जानकारी गराएका थिए ।
मृत बाघको ९० किलो रहेको छ । मृत बाघलाई वनका कर्मचारी र प्रहरीको टोलीले सम्पूर्ण चेकजाच पछि सन्धिखर्क ल्याएको छ ।
जिल्लाका विभिन्न ठाउँ पछिल्लो समयमा मृत अवस्थामा चितुवा फेला पर्ने गरेका छन् । यस अघी सन्धिखर्क नगरपालिका वडा नं. ३ करेवाङ्गमा एक चितुवा मृत अवस्थामा फेला परेको थियो । पछिल्लो एक महिना मै तिन ओटा चितुवा मृत भेटिएका छन् ।
पछिल्लो समयमा चितुवा मृत अवस्थामा फेला पर्ने क्रम वढेपछि अनुसन्धान थालिएको वन कार्यालयले बताएको छ ।
जिल्लामा चुतुवाको आक्रमणले पछिल्लो दुइ वर्षमा करिव आधा दर्जन बढी जना बालबालिको ज्यान लिएको थियो ।