स्थानिय बिकास अधिकारी प्रदिप पौडेल ।
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । स्थानिय बिकास अधिकारी प्रदिप पौडेलले जिल्लाको बिकास निर्माणलाई तिब्रता दिन कर्मचारीहरुलाई अाग्रह गर्नु भएको छ ।
पौडेलले सबै बिकास निर्माणका कामहरुलाई बैशाख भित्र सम्पन्न हुने गरि कामलाई दुर्तता दिनका लागि सबै कर्मचारीहरुलाई अाग्रह गर्नु भएको हो ।
जिल्ला बिकास समितिले अायोजना गरेको कार्यक्रममा बोल्दै स्थानिय बिकास अधिकारी पौडेलले अर्घाखाँची जिल्ला एतिहासिक जिल्ला भएको र सहमतिबाट अगाडि बढेको जिल्ला भएको कारण पनि बिकासले फड्को मार्नेमा अाफु बिस्वस्त रहेकोमा जोड दिदै बिकासका काम र अनुगमनलाई अाफुले तिब्रता दिने बताउनु भयो । उहाले अषाढ महिनामा हतार हतारमा काम गर्ने प्ररम्पराको अन्त्य गरेर बैशाख भित्र योजनाका कामलाई सम्पन्नता दिने गरि अाफुले काम अगाडि बढाएको जानकारी दिदै उपभोक्ता समितिहरुलाई पारदर्शी काम गर्न अाफुले निर्देशन दिएको बताउनु भयो ।
जनताको कामलाई ढिलासुस्ती हुन नदिने अाफ्नो मुख्य एजेन्डा रहेको पौडेलको भनाइ छ । पौडेल जिल्लामा अाएपछि सबै गाबिस बिकट बस्तिहरुमा अनुगमन दैनिक पुग्ने गरेको भन्दै स्थानिय बासिन्दा हर्सित छन । स्थानिय बिकास मन्त्रालय अन्तर्गत धेरै अनुभब बटुलेका पौडेल जनताको काममा सरल ढगले अगाडि बढाउन र बिकासको कामलाई पारदर्शी गर्ने मुख्य योजनाका साथ लागि परेको सयम जिबिसका कर्मचारीहरु बताउछन । जिल्ला बिकास समितिले अाफ्नो जिल्ला परिषदको तैयारीलाई तिब्रता दिएको छ ।
जिल्ला बिकास समितिले फागुन २६ गतेका दिन भब्यरुपमा जिल्ला परिषद् सम्पन्न गर्ने समेत स्थानिय बिकास अधिकारी पौडेलले जानकारी दिनुभयो ।परिषदको उदघाटन पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले गर्ने कार्यक्रम रहेको छ ।