जोर्डनमा आतंककारी मुद्दामा दोषी पाइएका १५ जनालाई मृत्युदन्ड

जोर्डनले १५ जनालाई मृत्युदन्ड दिएको छ ।
मृत्युदन्ड दिइएकाहरुमा आतंककारी मुद्दामा दोषी पाइएका १० जना पनि रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । उनीहरुले देशभित्र र बाहिरका विभिन्न ठाउँमा आक्रमण गरेका थिए ।
पाँचजना भने बलात्कार र यौन दुर्व्यवहारमा दोषी पाइएका बन्दी छन् ।
दक्षिणी अम्मानमा शनिबार (आज) झुन्ड्याइएका सबै जोर्डनेली नागरिक हुन् । एजेन्सी