सन्धिखर्कमा शान्ति बगैँचा अाधुिनिकरण तथा व्यवस्थापन अभियान सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित शान्ति बगैँचा अाधुिनिकरण तथा व्यवस्थापन अभियानको सर्वपक्षिय व्यापक छलफल तथा अन्तरक्रिया कार्यक्रम शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अभियानका अभियान्ता तथा परिकल्पनाकार सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले हालसम्म शान्ती बगैचा र लदाम बगैचालाई हरित एवम पर्यटनमैत्री रुपमा बिकास गर्न शान्ती बगैचा अाधुिनिकरण तथा व्यवस्थापन अभियानको प्रयास बारेमा जानकारी गराएका थिए । 
यसैगरी बगैचाको बिकास महत्व तथा संभावना सहितको कार्यपत्र पुरातत्व विभागमा कार्यरत आर्किटेक्टर इन्जिनियर बिशाल दर्नालले प्रस्तुत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुखहरु, समाजसेवी, बुद्दिजिवी, नगर तथा टोलसमितिका अध्यक्षहरु, पत्रकार, बिभिन्न सरकारी कार्यालयका प्रमुख लगायतको व्यापक उपस्थिती रहेको थियो । 
अभियानका अध्यक्ष नारायण प्रसाद बन्जाडे प्रमुख अथिती र  स्थानिय बिकास अधिकारी शेषकान्त घिमिरे (ओसेन)को संचालनमा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । 
कार्यक्रममा हाल डिजिटल नक्सा सम्पन्न भई थप सुधारको लागि माग संकलन गरिएको थियो । साथै यस अभियानमा सबै जिल्लाबासी तथा प्रवासी सबैले हातमा हात सहित सहयोग गर्न आग्रह गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रम सन्धिखर्क स्थित जिबिस सभाहलमा हुने भनेता पनि प्रवाधिक कारणले पछि होटल ओल्ड एभरेष्टमा आयोजना गरिएको थियो ।  
सम्बन्धित समाचार: 
 

अन्य समाचारहरु