शान्ती बगैचा आधुनिकिकरण तथा व्यवस्थापन अभियान
सन्धिखर्क, अर्घाखाँची
विधान २०७३
प्रस्तावनाः
समाजमा रहेको धर्म, संस्कृती, परम्परा, ऐतिहासिक सम्पदा, वातावरण हाम्रा साझा सम्पत्ति हुन । यस्ता सम्पत्तिको ऐतिहासिक पहिचाहन सहित संवद्धर्धन संरक्षण एवं विकास गर्नु हामी सबैको दायित्व हो । विश्व परिवेशमा धेरै राष्ट्रहरुले आफ्ना परिवेश एवं संभावना अनुरुपको विकासले विश्वमा आफ्नो देशको स्वाभिमान सँगै पर्यटन क्षेत्रको विकासबाट आर्थिक, सामाजिक, साँस्कृतिक, लगायत बातावरणीय लाभहरु हासिल गरेका छन् । नेपाल पनि विश्व परिवेशमा प्रचुर मात्रामा प्राकृतिक, धार्मिक, साँस्कृतिक, पर्यावरणीय सम्पदाहरु भएको मुलुकहरुको श्रेणीमा पर्दछ । यस्ता सम्पदाहरुको संभावना अनुरुपको विकास, संरक्षण एवं सदुपयोग गर्न सकिएमा हाम्रो सामाजिक आर्थिक पक्षमा समेत उल्लेखनीय योगदान पुग्ने देखिन्छ । तसर्थ हाम्रो समाज वरिपरि रहेका प्राकृतिक, साँस्कृतिक, धार्मिक, आर्थिक एवं सामाजिक संभावनायुक्त सम्पदाहरु लाई तद्अनुरुप विकास गरिनु आवश्यक देखिन्छ । प्राचिन बाइसे चौविसे राज्यताका अर्घा र खाँची राज्यको युद्धको सन्धि गर्ने थलो,सन्धिखर्कको मुटुमा अवस्थित सुन्दर शान्ति बगैंचा मार्फत विश्वभर शान्तिको सन्देश प्रवाह गर्न शान्ति बगंैचा लगायत अर्घाखाँची जिल्लाका अन्य स्थानहरुमा हरितमैत्री बगैंचा स्थापना, बिकास र संरक्षण गर्दै जिल्लाको मात्र नभई नेपालकै पहिचान बोक्ने सम्पदाहरुको रुपमा विकास गर्न आवश्यक भएकाले यो अभियान स्थापनार्थ यो प्रस्तावना तयार गरिएको हो ।
परिच्छेद-१
प्रारम्भ:
यो प्रस्तावित विधान नेपालको संस्था दर्ता ऐन २०३४ अनुरुप तयार पारी जारी गरिएको छ । साथै यो संस्था मुनाफा रहित जनहितकारी सेवामुलक सामाजिक संस्था हुनेछ ।
१) संस्थाको नामः
”यस संस्थाको नाम ”शान्ति बगैंचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान” हुनेछ । अंग्रेजीमा ” Santi Bagaincha Modernzation & Management campaign” रहनेछ ।
क) संस्थाको कार्यालय रहने ठेगाना: यस संस्थाको कार्यालय सन्धिखर्क नगरपालिका वडा नं १, अर्घाखाँचीमा रहनेछ ।
ख) संस्थाको कार्यक्षेत्रः यस संस्थाको कार्यक्षेत्र अर्घाखाँची जिल्लामा रहनेछ ।
२. परिभाषाः
विषय वा प्रसंङ्गले अर्को अर्थ नलागेमाः
क) ”संस्था” भन्नाले ”शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान” सम्झनुपर्दछ ।
ख) ”विधान” भन्नाले ”शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान” को विधानलाई जनाउने छ ।
ग) ”समिति” भन्नाले शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान अर्घाखाँचीको कार्य संचालनको लागि गठित कार्य समितिलाई जनाउने छ ।
घ) ”साधारण सभा” भन्नाले ”शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान” को साधारण सभालाई जनाउने छ ।
ङ) ”विनियम” भन्नाले संस्था संचालनको लागि बनाइएको विनियमलाई सम्झनुपर्दछ ।
च) ”तोकिए बमोजिम” भन्नाले ”शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान” को लागि तोकिएको क्षेत्र तथा पदाधिकारीहरुलाई सम्झनु पर्दछ ।
छ) ”सल्लाहकार समिति” भन्नाले यस ”शान्ति बगैचा आधुनिकिकरण एवं व्यवस्थापन अभियान” को सल्लाहकार समितिलाई बुझ्नुपर्दछ ।
३. संस्थाको चिन्ह वा छाप
संस्थाको चिन्ह र छाप गोलाकार बृतको माथि पट्टी शान्ती बगैचा आधुनिकिकरण तथा व्यवस्थापन अभियान र तल पट्टी सन्धिखर्क अर्घाखाँची उल्लेख गरिएको र बृतभित्रको बायाँ पट्टी नेपालको लुम्बिनीमा जन्मिनु भएका विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धले बृक्षमुनि ध्यान गरिरहेको चित्र,दायाँ पट्टी शान्तिको प्रतिक परेवा र विचमा शान्ति दिप र सो दिप माथि नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा को तस्विर रहनेछ ।
परिच्छेद -२
परिकल्पना
जिल्लाको बस्ती केन्द्र र नगर क्षेत्रहरुमा वातावरण मैत्री मनोरञ्जनात्मक उद्यानहरु विकास गर्दै सभ्य, सुसंस्कृत र समृद्ध अर्घाखाँची ।
४. संस्थाको उद्देश्यः
क) शान्ति बगैचाको ऐतिहासिक महत्वलाई जीवन्त बनाउदै आवश्यक भौतिक तथा पर्यावरणीय पुर्वाधार निर्माण बाट सुन्दर, रमणीय, मनोरम युक्त आधुनिक बगैंचा बिकास एवं व्यवस्थापन गर्ने ।
ख) सन्धिखर्क नगरक्षेत्र तथा बस्ति केन्द्रका लदाम बगैँचा, कविरा बगैँचा, खिर्राबोट बगैँचा, मालिका बगैँचा, फुलबारी बगैँचा लगायतलाई हरित एवं वातावरण मैत्री बगैचाको रुपमा बिकास गर्ने ।
(ग) यस अभियान संगै जिल्लाको विभिन्न स्थानमा स्थानीय समुदायबाट संरक्षण प्रर्वद्धन गरिएका बगैचाहरु, प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु, विषेश महत्वका पर्यटकीय स्थलहरु समेत लाई संरक्षण बिकास एवं उचित व्यवस्थापनको साथै पुनःनिर्माणमा समेतमा विषेश सहयोग र सहकार्य गर्ने ।
घ) यस जिल्लामा सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यावरणीय पक्षलाई प्रर्वद्धन एवं संरक्षण र व्यवस्थापन गर्र्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषण केन्द्रको रुपमा बिकास गरि जिल्लाको आर्थिक सामाजिक साँस्कृतिक लाभमा बृद्धि गर्ने ।
५. संस्थाको उद्देश्य प्राप्त गर्न अबलम्वन गरिने रणनीतिहरु
यस बिधानको प्रस्तावना, परिकल्पना र उद्धेश्यहरुको मर्म र भावनालाई मूर्तरुप प्रदान गर्न देहायका रणनीतिहरु अवलम्बन गरिनेछ ।
१.अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित शान्ति बगैंचाको ऐतिहासिक, साँस्कृतिक पक्षहरुको संरक्षण गर्दै आधुनिक, मनोरम, हरित एवं नागरिक मैत्री बनाउन आवश्यक कार्यहरु गर्ने ।
२. जिल्ला स्थित बस्ती,केन्द्र तथा नगर क्षेत्रहरुमा वातावरण मैत्री मनोरञ्जनात्मक उद्यानहरु निर्माण गर्न बहस पैरवी सगंसगै आवश्यक सहजीकरण गर्ने ।
३. जिल्ला स्थित पुराना सार्वजनिक उद्यानहरु साथै नयाँ बस्ती केन्द्रहरुमा निर्माण गर्न आवश्यक उद्यानहरुको गुरुयोजना तयार गरि सोको कार्यान्वयन गर्न सरकारी निजी साझेदारीको अवधारणा अनुसार पहल गर्ने ।
४. यस संस्थाको अभियानलाई मूर्तरुप प्रदान गर्न सम्बन्धित सरोकारवालाहरुसंग आवश्यक समन्वय र सहकार्य गर्दै संस्थाको संस्थागत विकास गर्ने ।
५.संस्थाको अभियान सञ्चालनका लागि आवश्यक स्रोत संकलन गर्न विभिन्न विधिहरु अबलम्वन गर्ने ।
५.१ संस्था संचालन गर्ने गरिएका प्रतिबद्धताहरु:
क) सरकारी नियमको स्वीकृती लिई गर्नु पर्ने कार्यक्रमको हकमा अनिवार्य स्वीकृत लिईनेछ ।
ख) देशमा दैवि प्रकोप वा अन्य समस्या आई परेमा आवश्यक अनुसार सक्दो सहयोग गरिने छ ।
ग) यस संस्थाको उद्देश्य पूरा गर्न बन्द, हडताल, चक्का जाम गरिने छैन । दातृनिकाय र विदेशी देशहरुका बिभिन्न निकाय संग गरिका दौत्य सम्बन्धमा असर पुग्ने गतिविधि गरिने छैन् ।
घ) सुचनाको हक सम्बन्धि ऐन २०६४ को पूर्ण रुपमा पालना गरिने छ ।
परिच्छेद ३
सदस्यता
६. सदस्यताको वर्गीकरणः
यस शान्ति बगैंचा आधुनिकिकरण तथा व्यवस्थापन अभियानको परिकल्पना र मुर्तरुप प्रदान गर्ने सन्धिखर्क नगरपालिका बडा नं ६ निवासी समाज सेवी श्री यम बहादुर खत्रीको सुपुत्र श्री नारायण खत्री जिल्ला प्रशासन कार्यालय अर्घाखाचीमा सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत रहेको बखत गर्नुभएकोले उहाँ यस संस्थाको मुख्य परिकल्पनाकार रहदैँ निम्न लिखित प्रकारका सदस्यहरु रहन सक्नेछन् ।
क) संस्थापक सदस्य
ख) मानार्थ सदस्य
ग) विशिष्ट सदस्य
घ) आजीवन सदस्य
ङ) साधारण सदस्य
७. सदस्यताको योग्यताः
यस विधानलाई पालना गर्ने निम्न लिखित योग्यता पुगेका व्यक्ति संस्थाको विधान बमोजिम सदस्य बन्न सक्नेछनः
क) १६ वर्ष पुगेको नेपाली नागरिक हुनु पर्ने ।
ख) संस्थाको विधान र नीतिलाई स्वीकार गर्ने कुनैपनि व्यक्ति यस संस्थाको सदस्य बन्न सक्नेछन् र आर्थिक सहयोग पु-याउने संघ संस्था पनि यस संस्थाका सदस्य बन्न सक्नेछन् ।
ग) यस संस्थाको उद्देश्य तथा लक्ष्यका क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तिहरुलाई कार्यसमितिले मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ ।
घ) शान्ति बगैँचाको संरक्षण तथा विकासको क्रममा महत्वपुर्ण योगदान गर्नु भएका वा गर्न इच्छुक व्याक्तिहरुले यस संस्थाको सदस्यता प्राप्त गर्न सक्नेछन् ।
८. सदस्यहरुको वहाल रहन नसक्ने अवस्थाः
क) गैर नेपाली नागरिक, १६ वर्ष उमेर नपुगेको,
ख) मगज विग्रिएको वा बौलाएको,
ग) दामासाहीमा परेको,
घ) कुनैप्रकारको चोरी, ठगी, किर्ते, जालसाजी गरेको र आफ्