सन्धिखर्कमा फेरि १४ वर्षिया बालिकाले आत्महत्या गरिन्

सन्धिखर्कमा । 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा फेरि एक बालिकाले झुन्डिएर आत्महत्या गरेकी छन् । 
नुवाकोट गाबिस घर भई हाल सन्धिखर्क बस्दै आएकी १४ वर्षिया सुधा भुसाल गएराती १०:३० बजे आफु बस्ने घरको कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेकी हुन् । 
सुधाले कोठामा कोही नभएको बेला आत्महत्या गरी झुन्डिएको अवस्थामा फेला पारी परिवार एवम स्थानियले प्रहरीलाई जानकारी गराएका थिए ।
  
सन्धिखर्कमा रहेको ग्रीन बोर्डिङमा कक्षा ८ मा अध्यनरत सुधाको आत्महत्याको कारण खुल्न सकेको छैन । सुधाको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरीले बताएको छ ।
यसअघि गत फाल्गुन २५ गते सन्धिखर्कमा १३ वर्षिया बालिकाले आत्महत्या गरेकी थिईन् ।
 
पछिल्लो समय अर्घाखाँचीमा आत्महत्या गर्ने बालबालिका, युवायुवतीको संख्या बढेको छ ।  

अन्य समाचारहरु