पोखराथोकमा ५४ जना घर परिवारला सुआहाराको विउँ वितरण

घनश्याम पौडेल 
पोखराथोक, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पोखराथोक गाविसमा ग्रामिण नमुना कृषक, १००० दिन का महिला, महिला स्वास्थ्य स्वयमसेविका, गाविसका सामाजिक परिचालक गरी ५४ जना घर परिवारलाई विउँपल वितरण गरिएको हो ।
लुम्विनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलले क्याङ्गकोङ, घिरौंला, फर्सी, खुर्सानी, भिण्डी, भण्टा र स्विसचार्ड जातको बेमौसमी तरकारीका विउँपल वितरण गर्नुभएको हो ।
विउँपल वितरण गर्दै पौडेलले वितरण गरीएको विउँपललाई मिहिनेत गरी १ रोपनी जग्गामा लगाउन आग्रह गर्नुभयो ।
विउँपल वितरणमा लुम्बिनी सामाजिक विकास केन्द्र अन्र्तगत सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर प्रमोद पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

अन्य समाचारहरु