सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । यही चैत्र ३ गते देखि सन्चालन हुने माध्यमिक शिक्षा परिक्षाकाे अर्घाखाँचीमा सम्पुर्ण तयारी पूरा भएको छ ।
जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेट्घाट कार्यक्रममा जिल्ला शिक्षाा अधिकारीले लिलबहादुर राउत क्षेत्री उक्त कुराको जानकारी गरएका हुन् ।
अर्घाखाँचीमा यस वर्ष माध्यमिक शिक्षा परिक्षामा नियमित तर्फ ३८९४ जना परिक्षार्थी रहेका छन् । यस्तै एक्जाम्टेड टर्फ १३५ जना परिक्षार्थी र आशिक ग्रेड तर्फ १३५ जना परिक्षार्थी रहेका छन् ।
यस वर्ष माध्यमिक शिक्षा परिक्षाको लागि अर्घाखाँची जिल्लामा १७ परिक्षा केन्द्र रहेका छन् ।
एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक हुन लागेको माद्यमिक शिक्षा परीक्षा यसपटक आगामी चैत ३ गते बिहीबारबाट सुरु हुँदैछ ।