घनश्याम पौडेल
अडगुरी, अर्घाखाँची। महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्धेश्यका साथ संचालनभएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्र्तगत अर्घाखाँची जिल्लाको अड्गुरी गाविसमा गाविसमा ग्रामिण नमुना कृषक, १००० दिनका महिला, महिला स्वास्थ्य स्वयमसेविका, गाविसका सामाजिक परिचालक गरी ४० घर परिवारलाई विउँपल वितरण गरिएको हो ।
लुम्विनी सामाजिक विकास केन्द्रका अध्यक्ष इन्द्रमणि पौडेलले क्याङ्गकोङ, घिरौंला, फर्सी, खुर्सानी, भिण्डी, भण्टा र स्विसचार्ड जातको बेमौसमी तरकारीका विउँपल वितरण गर्नुभएको हो ।
विउँपल वितरण गर्दै पौडेलले घरायसी पोषण, खानेपानी तथा सरसफाइ र स्वास्थ्य अभ्यास हरूमा सुधार गर्ने, घरधुरी हरूको गुणस्तरीय पोषण तथा स्वास्थ्य सेवाको उपयोगमा अभिवृद्धि गर्ने, घरधुरीको विविध र पोषकतत्व बढी भएका खानेकुरा सम्मको पहुँच अभिवृद्धि गर्ने, स्थानीय शासन मार्फत बहुक्षेत्रीय पोषण योजनाको कार्यान्वयनलाई तिव्रता दिने उद्देश्यले सुआहारा कार्यक्रम सञ्चालनमा आएको बताउनुभयो । पौडेलले वितरण गरीएको विउँपललाई मिहिनेत गरी १ रोपनी जग्गामा लगाउन आग्रह गर्नुभयो ।
विउँपल वितरणमा लुम्बिनी सामाजिक विकास केन्द्र अन्र्तगत सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर पुनाराम भुसालको सञ्चालनमा सम्पन्न भएको थियो, त्यस्तै भोलि अड्गुरी गाविसमा बाँकी रहेका कृषक, स्वयमसेविका, १००० दिनका आमालाई झन्द्रेकमा वितरण गरिने भएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।