सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला चलिरहेको माध्यमिक शिक्षा परीक्षामा युबा बर्ष जनता रबि चित्र माबि सन्धिखर्ककी एक दृष्टि बिहिन बिद्यार्थीले परीक्षा दिईरहेकी छन् ।
युबा बर्ष जनता रबि चित्र माबि सन्धिखर्ककी दृष्टि बिहिन शुस्मा भाट क्षेत्री राेल्नं ०४७२५८८ L ले अर्घाखाँची अावासिय माबि परीक्षा केन्द्रमा परीक्षा दिईरहेकी छन् । शुस्मालाई कक्षा ९ की सन्ध्या वाग्लेले सहयाेग गरेकी छन् ।
उता अर्घाखाँची जिल्लाभर दोस्रो दिन भएको माध्यमिक शिक्षा परीक्षा शान्तीपूर्ण रुपमा सम्पन्न भएकाे छ ।
परिक्षाको दोस्रो दिन आज विहान ८ बजेदेखि सवा दस बजे सम्म नेपाली बिषयकाे परीक्षा भएको थियो । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाभर दोस्रो दिनको परिक्षा मर्यादित ब्यबस्थीत र अनुशासीत ढंगबाट सम्पन्न भएको बताएको छ ।
यो वर्ष जिल्ला भरि १७ वटा परीक्षा केन्द्र रहेका र नियमित छात्रा तर्फ २०९६, छात्र तर्फ १७९८ एक्जाम्टेड तर्फ छात्रा ८८ छात्र ४७ र आंशिक ग्रेड बृद्धि तर्फ छात्रा १६६ र छात्र ५५ गरी जम्मा ४२५० विद्यार्थी सहभागि भएका छन् । जसमा नियमित तर्फ आबेदन दिनेमा १८४१ छात्र र २१७८ छात्रा सहभागि छन् ।
त्यसैगरी आज चैत्र ३ गते देखि १४ गते सम्म सन्चालन हुने परीक्षालाई व्यवस्थित रुपमा संचालन गर्नको लागी १७ जना केन्द्राध्यक्ष, २१ जना सहायक केन्द्राध्यक्ष, १८२ जना निरीक्षक, ९६ जना सहयोगी र प्रत्येक केन्द्रमा बढीमा १५ जना सुरक्षाकर्मीको ब्यबस्था गएको छ ।
एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक माद्यमिक शिक्षा परीक्षा शुरु भएको हो ।