सहयोगी बिसी
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नं प्रदेशका विभिन्न जिल्ला अदालतको अनुगमन गर्ने सिलसिलामा आज अर्घाखाँची जिल्ला अदालतको अनुगमन निरिक्षण कार्य सम्पन्न भएको छ ।
उच्च अदालत दाङ तुल्सिपुर अन्तर्गत बुटवल इजलास प्रमुख भई काम गर्ने न्यायाधीश हरि कुमार पोख्रेलले जिल्ला अदालतको अनुगमन निरिक्षण गरेका हुन् ।
निरिक्षणका क्रममा जिल्ला न्याय क्षेत्र समन्वय समिती ,नेपाल बारएशोसिएशन ,मेलमिलाप केन्द्र र पत्रकार हरुलाई छुट्टाछुट्टै भेट गरि जिल्ला अदालतले सम्पादन गरेका काम, अदालत प्रति जनताको चासो, गुनासो, मुद्दा फर्छ्योट परिबर्तित परिस्थितिमा न्यायाधीश कर्मचारीको जिम्मेवारी लगायतका विविध बिषयमा लिएका थिए ।
सो अबसरमा जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाले अर्घाखाँची जिल्ला अदालत बाट सम्पादन गरिएका कामका बारेमा प्रकाश परेका थिए ।
जिल्लामा अब ८ महिना भित्रका मात्र मुद्दा रहेकोमा सबैले प्रशंसा गरेका थिए । बास्तोलाले आजै जिल्ला कारागारमा रहेका बन्दिहरुको समस्या बारेमा पनि सुझाव माग गरेका थिए ।