जिल्ला कारागार अर्घाखाँची ।
सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा चोरी मुद्दामा सजाय पाएका एक अभियुक्त १६ बर्ष पछि पक्राउ परेका छन् ।
जिल्ला अदालत अर्घाखाँचीबाट २०५७ साल असार २२ गते चोरी मुद्दामा ४३ दिन कैद र रु ५४०००।चौबन्न हजार जरिबाना फैसला भै खोजबिन भै रहेका सन्धिखर्क नगरपालिका २ कुर (पुर्ब सन्धिखर्क ८) का धन बहादुर कुमाल १६ बर्ष पछि आफ्नो कैद भुक्तानको निम्ति पैसा सहित अदालत हाजिर भै कारागारमा थुनामा छन ।
२०५५ सालतिर बाल कुमारी पुन को जाहेरिले चोरी मुद्दामा १७ दिन कारागार बसेका र सन्धिखर्क का एक ब्यक्तिले मैले मुद्दा मिलाईदिन्छु भनी रु २३००० ।तेईस हजार बुझी लिएका र त्यसपछि निज भारतमा नोकरी गरि बसेका निजलाई सो मुद्दा फैसला भएको भन्ने कुनै जानाकारी नभएको कैयौंपटक घर आएको तर यस पटक जिल्ला अदालत मार्फत निजको आमा संग सो बारेमा कुरा भै निजलाई खबर गर्दा यदि त्यसो हो भने म आफ्नो कैद भुक्तान तथा जरिवाना रकम तिर्दछु भनी खुसी मनले आई अदालतमा सम्पर्क गरि अहिले कारागार मा बसेको अदालत ले जनाएको छ ।
अदालत बाट जरिमाना तोकिएको ब्यक्तिले आफै वा कुनै ब्यक्तिले जानाकारी दिएमा २५% रकम छुट हुने ब्यबस्था रहेको अदालतका तहसिल्दार केशबराज भुसालले बताउनु भयो ।
यस जिल्ला अदालतबाट हाल सम्म फैसला भएको ११८ जना बाट ५ सय ८८ बर्ष ११ महिना ३ दिन कैद भुक्तान र ४१ लाख ५३ हजार ७०२ रुपैया ९३ पैसा असुल उपर गर्न बाँकी रहेकोले तदारुकता का साथ सो कार्यमा अदालत अगाडी बढेको अदालतले जनाएको छ ।
फैसला भएको कुरा सरकारले कुनै पनि दिन असुल उपर नगरी न छोडने र मानिसलाइ पक्राउ गरि छाडने भएकोले आफ्नो समयको अनुकुल मिलाएर जिल्ला अदालतमा सम्पर्क राख्न र सरकारले दिएको सुबिधा उपयोग गर्न सम्बन्धित सबैमा अपिल समेत गरेको छ।