प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची १० चैत । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति अर्घाखाँचीको भोलि शुक्रबार देखि सुरु हुने जिल्ला अधिबेसनको सम्पुर्ण तयारी पुरा भएको छ । सन्धिखर्कको सभागृहमा हुने अबिधेसनको साढे १२ बजे उद्घाटन हुने शिक्षक संघका जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरिेले बताउनु भयो ।
अबिधेसनको उद्घाटन समारोहलाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुस्पा भुसाल, डा. रामबहादुर बिसि, शिक्षक संघका केन्द्रिय उपाध्यक्ष बिष्णु पाण्डे, उपमहासचिब ज्ञानेन्द्र बहादुर रावल, केन्द्रिय सदस्य धना भण्डारी, गुल्मी अध्यक्ष प्रेम भण्डारी, रुपन्देहिका अध्यक्ष कुल प्रसाद लामिछाने, प्युठान अध्यक्ष बालबहादुर महत्रा, लगायतका नेताहरु सन्धिखर्क आउने जिल्ला सचिब माधब आचार्यले बताउनु भयो ।
उद्घाटन समारोहमा कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद मुस्कान सहितका नेताहरुले सम्बोधन गर्ने र सेवा निबृत शिक्षक हरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जिल्ला अध्यक्ष घिमिरेको भनाई छ ।