सागर परियार
सन्धिखर्क , अर्घाखाँची । नेकपा एमाले जिल्ला सचिवालयको बैठक कमिटीका अभ्यक्ष चेतनारायण आचार्यको अध्यक्षता, केन्द्रीय सदस्य अर्घाखाँची इन्चार्ज नजिर मियाको प्रमुख आतिथ्यतामा मदन आश्रित भवन सन्धिखर्कमा आज सम्पन्न भएको छ ।
बैठकले संविधान कार्यान्वयन, निर्वाचन, समृद्धी र स्वाभिमान, राष्टिय एकता, सामाजिक सद्भावका लागि मेची महाकाली अभियानमा अर्घाखाँची जिल्लबाट बुटवलको जनसभामा सहभागिताको समिक्षा गरेको छ । साथै बैठकले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने सवै नेताहरुलाई स्वागत गर्दै पार्टीको विभिन्न् तहमा मनोनयन गरी कार्यविभाजन समेत गरेको छ ।
जसअन्तरगत जीवन चौहानलाई एमाले सचिवालय सदस्य खनदह इन्चार्ज, दुर्गा अधिकारीलाई एमाले सचिवालय सदस्य सहित पणेना पोखराथोक इन्चार्ज, प्रदिप नारायण शाहलाई ठूलापोखरा इन्चार्ज, मुनाल खड्कालाई बाँगी सहइन्चार्ज, दिपा पोख्रेललाई खनदह सहइन्चार्ज, ओमप्रकाश भुसाललाई जिल्ला कमटी सदस्य, खिदिम सह इन्चार्ज, समसुद्धिन मियालाई जिल्ला कमिटी सदस्य, खलिल मियालाई जिल्ल सल्लाहकारमा चयन गरेको छ ।