अर्घाखाँचीभर चुनावी अभियान शुरु

हरी प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । सरकारले स्थानिय तहको चुनावको मिति घोषणा गरेसंगै अर्घाखाँची जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुमा चुनावी अभियान शुरु भएको छ ।
जसअन्तरगत जिल्लाको सितगंगा नगरपालिकामा नेपाली काँग्रेसले उपमेयरमा सावित्रादेवि बेल्वासेलाई अगाडि सारेको छ । शहिदपत्नि समेत रहेकि बेल्वासेलाई जिताउनका लागि नेपाली काँग्रेसले प्रचारात्मक अभियान समेत शुरु गरेको छ । नेपाली काँग्रेसले औपचारिक रुपमा उम्मेद्वार घोषणा गरिनसकेको भएपनि आफुहरु चुनावी मैदानमा होमिएको काँग्रस कार्यकर्ताहरुले बताएका छन् ।
यता जिल्लाको भुमेकास्थान नगरपालिकामा पनि चुनावि सरगर्मी शुरु भईसकेको छ । नेकपा एमालेको बाहुल्यता रहेको भनिएको नगरपालिकामा पनि नेपाली काँग्रेसबाट खडानन्द बेल्वासेको चर्चा रहेको बुझिएको छ । उता जनमोर्चाका नेता कविराम खनालले समेत उम्मेदवारि दिने तयारि गरिरहेको बुझिएको छ । त्यस्तै एमालेबाट धेरै आकांक्षिहरु देखिएपनि पुर्व जिविस सभापति समेत रहेका पिताम्वर भुसालको चर्चा रहेको छ भने स्वतन्त्र रुपमा समेत उम्मेदवारि पर्ने संभावना देखिएको छ । 
यता भुमेकास्थान नगरपालिकाको वडा नं ९ को अध्यक्षको लागि काँग्रेस नेता सुर्य प्रसाद भुसालको चर्चा छ । यद्यपि पुर्ण बहादुर शाहिको नाम पनि कार्यकर्ता माझ चर्चित बनेको छ । 
त्यस्तै नेकपा एमाले र माओवादि केन्द्रबाट क्रमश मति प्रसाद भट्टराई र ईश्वरि प्रसाद भुसाल पनि उम्मेद्वार बन्न सक्ने देखिएको छ ।

अन्य समाचारहरु