सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सूचनाको हकलाई कार्यान्वयन र जनचेतना फैलाउने मुल उद्धेश्यका साथ स्थापना गरिएको सूचना तथा सुशासन अभियान, सिआईजीले सन्धिखर्क नगरपालिका बडा नम्वर ४ र ७ लाई लक्षित गरि सचेतना कार्यक्रम तय गरेको छ ।
सनपा ४ का स्थानियलाई लक्षित गरि यहि चैत्र १४ गते सोमवार नाङ्गेठाटीमा र सनपा ७ का स्थानियलाई लक्षित गरि चैत्र १५ गते मंगलवार फुदवाङ्ग बजारमा कार्यक्रम तय गरिएको सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले जानकारी गराउनु भएको छ ।
कार्यक्रममा सूचनाको हकको परिचय, महत्व, ब्यवहारीक प्रयोग र केहि सफलताका कथाहरु भिजुअल मार्फत सहभाीहरुलाई जानकारी गराउने योजना बनाईएको बुझिनुका साथै कार्यक्रम बिहान ठिक १० बजेबाट सन्चालन हुने र इच्छुक जोकही पनि कार्यक्रममा सहभागी हुन सक्ने आयोजकले जानकारी गराएको छ ।