मालारानी गाउँपालिकाको हंसपुरमा एमालेका ९० जना कार्यकर्ता पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

हंसपुर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका हंसपुरमा एमालेका  ९० जना कार्यकर्ता पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
मालारानी गाउँपालिका वडा न. ८ (साबिक हंसपुर ३) का एमाले कार्यबाहक अध्यक्ष बल बहादुर हौजाली, सक्रिय कार्यकर्ता नम बहादुर घम, चुरा बहादुर घम, शिव घम लगायत ९० जना एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 
उनिहरुलाई माओवादी केन्द्रका जिल्ला अदक्ष्य चन्द्र खड्काले टिका, माला लगाईदिएर पार्टीमा प्रवेश गराएका थिए ।  

अन्य समाचारहरु