रुद्रमणि भुसाल
सन्धिखर्क, अर्घाखाँची, १२ चैत्र २०७३ । सरकारले स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले पनि निर्वाचनको तयारी तिब्र बनाएको छ ।
जिल्लामा ९३ बटा मतदानस्थलको टुंगो लागिसकेपछि चैत्र तेस्रो हप्तादेखि जिल्लाका हरेक मतदान केन्द्र अनुसार मतदाता शिक्षा स्वयंसेवक खटाउने तयारी गरेको छ ।
यस अघिको निर्वाचनमा मतदानस्थल अनुसार मतदाता शिक्षा संचालन भएकोमा यसपालि एकहजार मतदाता बराबर एक मतदाता शिक्षा स्वयंसेवक खटाउने निर्वाचन आयोगको नीति बमोजिम हरेक मतदान केन्द्रमा स्वयंसेवकहरु खटिने भएको हो । स्वास्थ्य कार्यालय अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेबिका तथा जिल्ला समन्वय समिति एवं नगरपालिका अन्तर्गतका सामाजिक परिचालक र शिक्षा कार्यालय अन्तगर्त बाल शिक्षामा अध्यापन गराउने शिक्षिकाहरुलाई स्वयंसेवकको रुपमा खटाउने आयोगको नीति रहेको छ ।
यसैगरी निर्वाचन कार्यालयले जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय, संस्थानका कर्मचारी सामुदायिक बिद्यालयका शिक्षकहरुको बिबरण तयार गरेको छ जस अनुसार जिल्लाको कुल जनशक्ति हाल १७१० रहेको छ । ३ नगरपालिका, ३ गाउपालिकाका जम्मा ६१ वडा रहेको यस जिल्लामा ९३ मतदानस्थलका करिब १८० को हाराहारीमा मतदान केन्द्र हुने अनुमान गरिएको छ ।
बिगतमा ८५ स्थल रहेका अर्घाखाची जिल्लाको मतदान केन्द्र सिफारिस समितिले ९३ बटा मतदान स्थल सिफारिस गरेको छ । साबिक गाबिस तथा नगरपालिकाका वडाहरुलाई नया संरचना अनुसार समायोजन गर्दा कुनै वडामा मतदान केन्द्र नपरेको तथा कुनै वडाका मतदातालाई मतदान केन्द्र अपायक परेको अबस्थालाई मध्येनजर गरी जिल्लाका ३ नगरपालिका, ३ गाउपालिकाका ६१ वडाका लागि ९३ मतदान स्थल कायम गरिएको हो ।
जस अनुसार सन्धिखर्क नगरपालिकामा १५ स्थल, शितगंगा नगरपालिकामा २४, भुमेकास्थान नगरपालिकामा १७, पाणिनी गाउपालिकामा १४, छत्रदेव गाउपालिकामा ११ तथा मालारानी गाउपालिकामा १२ स्थल कायम भएका छन फागुन ९ गते सम्मको यस जिल्लाको कुल मतदाता संख्या १,लाख ३२,हजार ४२१ रहेको छ जसमा महिला ६८,हजार ५६१ र पुरुष ६३ हजार ,८६० रहेका छन । जस अनुृसार शितगंगा नगरपालिकामा सबैभन्दा बढी २६ हजार ,१६३ र छत्रदेब गाउपालिकामा सबैभन्दा कम १९,हजार २२७ मतदाता रहेका छन ।
२०७० सालको संबिधानसभा सदस्य निर्वाचनमा कुल मतदाता संख्या १,लाख ७ हजार २२६ रहेको अर्घाखाँचीका जिल्ला निर्वाचन प्रमुख महेश पाण्डेले बताउनु भयो ।