सुपा देउराली मन्दिर नजिक नयाँ गुफा फेला, मानिसहरुको भिड ( फोटो फिचर)

प्रेम खड्का 
सुपा देउराली, अर्घाखाँची (अर्घाखाँची डट्कम)। अर्घाखांची जिल्लाको प्रसिद्ध धार्मिक र एेतिहासिक सुपा देउराली मन्दिर नजिक सडक खन्ने क्रममा नयाँ गुफा फेला परेको छ ।
सुपा देउराली मन्दिर नजिकको सन्धिखर्क – गोरसिङे सडक खण्ड अन्तरगत खाँची खोलाको दोमानमा बाटो खन्ने क्रममा उक्त गुफा फेला परेको हो । 
गुफा बाहिर हेर्दा सामान्य भए पनि नजिक गएर हेर्दा अनौठो छ । गुफा भित्र शिव लिंग, गणेशको मुर्ति,  हात्तीको अनुहार,  गाइको फाँट जस्ता विभिन्न कलात्मक र धार्मीक आकृतीहरु र अन्य मनमोहक दृश्य देखिन्छन् । गुफाको भित्री भाग र बाहिरी भागसमेत सरसफाइ गरिएको छ । 
गुफा हेर्न अहिले मानिसहरुको भिड लगेको छ । त्यहाँ आउने मानिसहरुले गुफा र गुफाभित्रका विविध आकृतीहरु देखेपछि आफुहरु छक्क परेको अर्घाखाँची डट्कमलाई  बताए । उता सडक विस्तारको कामलाई गुफा फेला परेको क्षेत्रलाई छोडेर अगाडि बढाइएको छ । 
प्रसिद्ध धार्मिक र एेतिहासिक सुपा देउराली मन्दिर नजिक फेला परेको गुफाको प्रचारप्रसार र प्रवर्द्धनन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ। 

अन्य समाचारहरु