राष्ट्रिय जनमोर्चा अर्घाखाँचीलाई स्थानिय निर्बाचनको रौनक

Image result for राष्ट्रिय जनमोर्चा अर्घाखाँची
                                                                  फाइल तस्बिर 
भुमिकास्थान नगरपालीका, अर्घाखाँची । रुसमा अक्टुवर क्रान्ति सफल भएर समाजवादी व्यवस्था स्थापना भएको ९९ वर्ष पुरा भई एक सय बर्षमा प्रबेश गरेको अवसरमा अक्टुवर क्रान्तिको शतवार्षिकि अभियानमा ब्यस्त रहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीलाई पनि स्थानिय तहको निर्बाचनको मिति नजिकिदै जाँदा चुनाबी रौनकले छोएको छ ।
गत कार्तिक २२ गते देशभर एकैसाथ र्काक्रमको उद्घाटन गरि राष्ट्रिय रुपमा नै जन-जागरण अभियान संचालन गरिरहेको राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा पाँचवटा टोली परिचालन गरि अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान मनाइरहेको छ ।
अभियानकै बिचमा सरकारले स्थानिय तहको चुनाबको घोषणा गरसंगै चुनाबी कार्यक्रम पनि संग-संगै अगाडि बढाउन लागेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जानाएको छ ।
जस अन्तरगत राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालीकामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
झविलाल थापाको अध्यक्षता,तुल्सीराम वेल्वासेको स्वागत मन्तव्य र कृष्ण बन्जाडेको संचालनमा भुमिकास्थान नगरपालीका स्थित धारापानीको मैन डाँडामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै  राष्ट्रिय जनमोर्चा राप्ती-लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी.ले नेपालको शत्ता चलाउने रिमोट नेपालबाटै चल्ने निति नबनेसम्म देशको स्थिति सहज नहुने दाबी गर्दै बिगतका चुनाबी नतिजाको आधारमा ठुलो र सानो भन्दापनि राष्ट्र र जनताको हितमा काम गर्ने र सहि नितिको पक्षमा मतदान गर्नुपर्ने अहिलेको आबस्यक्ता रहेको बताउनुभयो ।
भेलाले खड्क बहादुर थापाको संयोजकत्वमा ७१ सदस्यिय राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समन्वय समिति,थापाकै अध्यक्षतामा १३ सदस्यिय निर्बाचन परिचालन समिति र चेत नारायण गैरेको अध्यक्षतामा पाँच सय एक सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको छ । यसैबिच भेलाले भुमिकास्थान नगरपालीकाका दश वटै वडाहरुबाट तिन-तिन जना मेहर, उप-मेहर र अध्यक्ष सहित पाँच जना वडा समितिको निम्ती पन्ध्र-पन्ध्र जनाको नाम पार्टीमा सिफारिस गरेको पनि राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
  
कार्यक्रममा   राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार यमलाल पोख्रेल,अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव बाबुराम पन्थी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल,अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष सकुन्तला राना, अखिल छैठौँका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जिवनारायण खनाल, अखिल नेपाल राष्ट्रिय जनजाती सम्मेलनकी केन्द्रिय सदस्य उषा पुन्, अखिल नेपाल शिक्षक संघका जिल्ला सचिव दल बहादुर के.सी., अखिल नेपाल ट्रेड यनियनका केन्द्रिय सदस्य दधिराम आचार्या, जातिय समता समाजका जिल्ला सह सचिव ठाकुर पन्थी,प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष बिनोद गैरे लगायतको पनि आतिथ्यता रहेको थियो ।

अन्य समाचारहरु