खनदह । फाइल तस्बिर
अर्जुन भुसाल
खनदह, अर्घाखाँची चैत्र १४ । नेकपा एमाले मालारानी गाउँपालिका वडा नम्वर ३ साविक खनदहको वैठक सम्पन्न भएको छ ।
एमाले जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनालको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकमा मालारानी गाउँपालिकाका संयोजक शालिकराम आचार्य, जिल्ला सचिवालय सदस्य जिवन चौहान, जिल्ला कमिटी सदस्यहरु बालकृण आचार्य , दिपा पोख्रेल, पुतला खनाल लगायतको आतिथ्यता रहेको थियो ।
रुपान्तरीत ३ नम्वर वडा कमिटीमा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवश गरेका कुलप्रसाद खनाल, छविलाल खनाल, वसन्ता गौतम, रेमकला विक, कमल चौहान, नारायण पोख्रेल, मोतिलाल खनाल सावित्रा खनाल लाई वडा कमिटीमा मनोनित गरिएको छ । यस्तै पार्टी संगठित सदस्य माधव खनाललाई पनि वडा कमिटीमा मनोनित गरिएको छ । वैठकले चैत्र १५ गते हुन लागेको मालारानी गाउँपालिकाको पार्टी कमिटी घोषणा कार्यक्रममा एमाले केन्द्रीय सचिव गोकर्ण विष्टलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने निर्णय गरेको छ । सभामा एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज नजिर मियाँ, पाँच नम्वर प्रदेश सदस्य नरेन्द्र कुमार क्षेत्री लगायतका नेताहरुको उपस्थिति रहने कार्यक्रम छ ।
घोषणा सभामा उल्लेख्य मात्रामा जनसहभागिता गराउने गरि कमिटीले तयारी थालेको गाउँपालिकाका संयोजक शालिकराम आचार्यले बताउनुभयो ।
उक्त सभामा विभिन्न पार्टीका ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने जनाइएको छ । वैठक कमिटीका अध्यक्ष दण्डीपाणि पोख्रेलको अध्यक्षता र सचिव देवीराम पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।