एमाले पणेना-पोखराथोकको वैठक सम्पन्न

Image result for पोखराथोकको डाङे प्रावि
पोखराथोकको डाङे प्रावि । फाइल तस्बिर 

अर्जुन भुसाल 
पोखराथोक, अर्घाखाँची चैत्र १४ । नेकपा एमाले पाणिनि गाउँपालिका अन्तर्गत पणेना पोखराथोकको संयुक्त वैठक सम्पन्न भएको छ । 
एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा पणेना-पोखराथोक इन्चार्ज दुर्गा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकहरुले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । वैठकमा क्षेत्र नम्वर दुइका क्षेत्रीय सदस्यहरु दिनेश भारतद्वार, गोविन्द पौडेल लगायतको आतिथ्यता रहेको थियो  ।
वैठकले स्थानीय निकायको निर्वाचनको तयारीका लागि निर्वाचन परिचालन कमिटीको समेत गठन गरेको छ । आगामी वैशाख २८ गते हुन लागेको स्थानीय निर्वाचनमा पाणिनि गाउँपालिका र सबै वडाहरुमा एमालेका उम्मेद्वारहरुलाई विजयी बनाउन घर दैलो तथा संगठन सुदृढिकरण अभियानलाई तीव्रता दिने निर्णय गरेको छ । 
 कार्यक्रम एमाले पोखराथोक गाउँ कमिटीका अध्यक्ष रामराज गौतम पोखराथोको अध्यक्षता, भुवनेश्वर गौतको स्वागत मन्तव्य र पणेनाका अध्यक्ष  ओम प्रकाश पोख्रेलको सञ्चालनमा सम्पन्न भएको भएको छ ।

अन्य समाचारहरु