अर्घाखाँचीमा चुनावी माहोल बढेयो को-को छन् मेयर र उपमेयरका आकांक्षी ? पत्रकार पनि निर्बाचनमा होमिदै

Image result for अर्घाखाँची
सन्धिखर्क । 
दिपक बहादुर कार्की, प्रकाश पौडेल 
सन्धिखर्क,  अर्घाखाँची । अर्घाखाँची जिल्लामा चुनावी माहोल तात्दै जाँदा संभावित उम्मेद्वारको चर्चा सुरु भएको छ । जिल्लाका तीन गाउँपालिका र तीन नगरपालिकामा मुख्यतः कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने देखिन्छ । तर केही ठाउँमा माओवादी केन्द्र बलियो छ । 
अर्घाखाँचीमा जनसंख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा कांग्रेसका तर्फबाट कमलप्रसाद भुसाल, हरिबहादुर खड्का,  विनोद आचार्य, हुमप्रसाद बन्जाडे र राधा आचार्य मेयर तथा उपमेयरका उम्मेदवार हुनसक्ने नाम चर्चामा छन । तर मेयरमा कमलप्रसाद भुसाल नै उठ्ने चर्चा चलेको छ भुसाल बजिया र जल्दाबल्दा उमेदवार हन ।  कांग्रेस जिल्ला कार्य समितिको सभापति भइसकेका भुसाल नागरिकमा भिजेका नेता भएकोले उहाँले नै टिकट पाउने र चुनाव जित्न सजिलो हुने कांग्रेस नेताहरु बताउँछन् । 
एमालेबाट कृष्णप्रसाद श्रेष्ठ, खुबिराम आचार्य,  सिद्धिप्रसाद भुसाल, भरत पौडेलको नाम चर्चामा छ ।  नेकपा माओवादीबाट ठाकुर बिक, रामबहादुर रायमाझी र केबी भुसाल उम्मेदवार हुने चर्चा छ । 
२०७० सालको परिणाम अनुसार सन्धिखर्कमा एमाले बलियो भएपनि सात गाविस मिलेर बनेको सन्धिखर्क नगरपालिकामा कांग्रेसका मतदाता पनि धेरै रहेको अनुमान छ ।  कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै लडेमा कांग्रेसको मत बढी आउन सक्छ । तर यी तीनबिचमा कांग्रेस र माओवादी वा एमाले र माओवादीको तालमेल हुनसक्ने चर्चा चलेको छ । 
जिल्लाको अर्को नगरपालिका सितगंगा नगरपालिका हो । यहाँ कांग्रेसको तर्फबाट सूर्य अधिकारी, छविलाल पौडेल, नारायण सिंह बेल्बासे र माधव पौडेल मुख्य दाबेदारका रूपमा देखा परेका छन् ।भने सहिद पत्नि साबित्रा देबि बेल्बासेको उपमेयरमा चर्चा छ।
त्यस्तै बसन्त श्रेष्ठ र पीताम्बर सारु चाहिँ एमालेको तर्फबाट उम्मेदवारको रूपमा देखापरेका छन् । माओवादीबाट  विवेक गैरे, भीम केसी र टीका रेग्मीको नाम चर्चामा छ । अघिल्ला चुनावको मत परिमाण हेर्दा कांग्रेस बलियो देखिएपनि यो नगरपालिकामा कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने देखिन्छ ।  यो नगरपालिका पनि सातवटा साबिकका गाविस मिलेर बनेको हो । 
अर्को नगरपालिका भूमिकास्थन हो । यहाँ कांग्रेसबाट खडानन्द बेल्वासे, प्रेम बेल्वासे र गोपाल घिमिरे र धनीश्वर खनाल सगिता बेल्बासे को नाम चर्चामा छ ।  एमालेबाट पीताम्बर भुसाल, प्रेम गैरे र पवित्रा पौडेलको नाम चर्चामा छ ।  माओवादीबाट  छमकुमारी खनाल र बालकृष्ण बन्जाडेको चर्चा गरिन्छ । त्यस्तै जनमोर्चाबाट सागर केसी, झविलाल थापा र कविराम खनालको नाम चर्चामा छ । यो नगरपालिकामा एमालेलाई बलियो शक्ति मानिन्छ । तर कांग्रेस, माओवादी र जनमोर्चाको प्रतिस्पर्धा हुनेछ । 
दुई नगरपालिकामा कांग्रेसलाई बलियो मानिएको भएपनि २०७० सालको चुनावमा माओवादी र एमालेका उम्मेदवार विजयी भएका थिए । माओवादीका टोपबहादुर रायमाझी र एमालेका दुमनसिंह थापा विजयी भएका हुन् ।
कांग्रेस नेतृ पुष्पा भुसाल चाहिँ झिनो मत अन्तरले पराजित हुनुभएको थियो । अर्घाखाँची जिल्लामा एक लाख ३२ हजार चार सय २१ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन कार्यालयले आफ्नो काम दु्रत गतिमा अघि बढाइरहेको जिल्ला निर्बाचन अधिकृत महेश पाण्डेले बताउनुभयो । निर्वाचन कार्यलयले २१ गते बाट मतदाता शिक्षा अभियान गाउमा लैजादै छ 

क्रियाशिल पत्रकार पनि निर्बाचनमा होमिदै
स्थानीय तहको निर्वाचन नजिकिदै जादा पत्रकारका केहिनेता हरु चुनावी प्रतिस्पर्धा गर्ने तैयारी मा जुटेका छन नेपाल प्रेस युनियन अर्घाखाँची का अध्यक्ष तथा पत्रकार सुर्य प्रसाद भुसाल ले भुमिका स्थान नगरपालिका को वाड नम्बर ९ अर्थात साबिकको ढिकरा गाबिसको अध्यक्ष बन्नका लागि काङ्ग्रेस बाट टिकटका लागि डौडधुप गरेका छन ।
भुसाल क्रियासिल पत्रकार तथा नेपाल पत्रकार माहासघ अर्घाखाँची का सचिब हुन ।युवा भएका कारण अाफुले टिकट पाएमा चुनाबजित्ने  मा अाफु ढुक्क भएको दाबि गरे भुसाल बाहेकका अन्य पत्रकार हरले भने चुनाव लड्ने तैयारि नगरेको बुझिन्छ ।भुसालढिकुराका बलिया काङ्ग्रेस नेता पनि हुन ।

अन्य समाचारहरु