अर्घाखाँचीमा म्यादी प्रहरीको छनौट प्रक्रिया पुरा (नामावली सहित)

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । वैशाख ३१ गते स्थानिय तहको निवार्चनका लागी अर्घाखाँचीमा म्यादी प्रहरीको छनौट प्रक्रिया पुरा भएको  छ । 
अर्घाखाँचीमा सकियो म्यादी प्रहरी छनोट नामावली सहित
आवेदन परेकाको प्रारम्भिक स्वास्थ्य परिक्षण, उचाई, छाती र तौल, १ किलोमिटर दौड, सिट अप र पुस अपमा म्यादी प्रहरीमा जान चाहानेहरुको प्राकटिकल भएको थियो । 
त्यस्तै लिखित परिक्षा र मौखिक पनी भई अन्तिम नामावली आज निस्केको हो । पाचँ सय अड्चालिस जनाको अन्तिम नामावली र एकासी जनाको बैकल्पिकमा नाम निकालीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।
अठार सय  २५ जनाको अर्घाखाँचीमा म्यादी प्रहरीका लागी आवेदन परेको थियो ।
साथै उत्तिर्ण सम्पुर्णलाई चैत्र २४ गते दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ । 

Image may contain: text

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.No automatic alt text available.

No automatic alt text available.

अन्य समाचारहरु