अर्घाखाँचीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थगन

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ।  सधैका बर्षहरुमा जस्तै यस बर्ष पनी यही चैत्र २८ गते देखी सुरु हुने भनिएको राष्ट्रपती रनीङ सिल्ड प्रतियोगिता स्थगन  भएको छ । 
प्रहरी जनशक्ती खटाउन सहज नभैरहने एवं जिल्लाको आन्तरीक कारण बाट समेत तत्काल खेलकुद सन्चालन गर्न उपयुक्त हुने नदेखीएकोले स्थानीय तहको निर्वाचन पश्चात पुन खेल सन्चालन हुने गरी स्थगन गर्न  जिल्ला प्रसाशन कार्यालय अर्घाखाँचीले जिल्ला खेलकुद बिकास समितिलाई पत्राचार गरी स्थगन गरीएको जानकारी दिएको छ ।
यसै बिच राष्ट्रपती रनीङ सिल्ड प्रतियोगिता सन्चालन गर्नको लागी आफुहरु भब्य तयारीमा रहेको अबस्थामा आफुहरुलाई कनैपनी जानकारी नदिई प्रमुख जिल्ला अधिकारीको निर्दैशनमा प्रतियोगीता स्थगीतको सुचना  गरीनुले हजारौ खेलाडीको भबिश्यमाथी कुठाराघात गर्ने काम भएकोे भन्दै  जिल्ला खेलकुद बिकास समितिले हिजो साँझ पत्रकार सम्मेलन गरी उक्त कार्य प्रति आफुहरु गम्भीर रहेको बताएको छ । 
पत्रकार सम्मेलनमा भनाई राख्दै जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीका अध्यक्ष शिद्धिप्रसाद भुसालले प्रशासनले सुरक्षाको कारण देखाउदै रोकेको उक्त प्रतियोगीता तत्काल सुरुगर्ने बाताबरण गराईदिनुहुन प्रसाशन समक्ष माग समेत राख्नु भएको थियो  । 
साथै  उहाँले खेलाडीहरु क्षेत्र र केन्द्रमा खेल खेल्न जानबाट बन्चीत भई जिल्लाको गौरबलाई  असर पार्ने कुराको समेत जानकारी दिनु भएको थियो । 

अन्य समाचारहरु